संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटामा एक युवक मृत फेला परेका छन् । भोजपुरको अरुण गाउँपालिका-७ घर भएका २७ वर्षीय सागर थापा पाख्रीबास नगरपालिका-५ रुपटारस्थित खेतमा मृत फेला परेका हुन् ।

धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनी झापास्थित मावली घरबाट १६ गते फर्किएका थिए । तर उनी घर नपुगेपछि खोजतलास गर्ने क्रममा मंगलबार साँझ ६ः३० बजे शव फेला परेको हो ।

Advertisement

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!