कप्तानगन्ज घटनापछि कोशीका डीआइजी, सुनसरीका सीडीओ र एसपीको सरुवा
विराटनगर । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा आइतबार राति भएको साम्प्रदायिक झडपपछि सरकारले कोशी प्रदेश र सुनसरीको सुरक्षा तथा प्रशासनिक नेतृत्वमा व्यापक हेरफेर गरेको छ । साम्प्रदायिक झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो ।
घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई गृह मन्त्रालय फिर्ता बोलाएको छ । उ...



























