जिउँदो व्यक्तिको मृत्यु दर्ता गराएपछि…
रूपन्देही । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा जिउँदो व्यक्तिलाई मृत घोषणा गर्दै झुटा विवरणका आधारमा मृत्यु दर्ता गराएको घटना सार्वजनिक भएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।
सो प्रकरणमा वडा अध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव सञ्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि नै घटनाका मुख्य योजनाकारका रूपमा चिनिएका ३१ वर्षीय तारि...





























