संगालोखबर


पोखरा । पोखरा महानगरपालिका-२८ कालिकास्थित ओख्ले भीरमा स्कुल बस खस्दा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस ओख्ले भीरबाट करिब दुई सय मिटर तल खसेको छ ।

मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । मृत्यु हुने एक जना लिफ्ट मागेर सोही बसमा उपचारका लागि हिँडेका थिए ।

घाइतेमध्ये ३ जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उद्धारका क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएका छन् । उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!