मोरङको उर्लाबारीमा घाँस काट्ने मेसिनबाट करेन्ट लाग्दा महिलाको मृत्यु
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-४ खोर्सानीबारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ६५ वर्षीया पवित्रा बास्तोलाको बुधबार साँझ मृत्यु भएको हो ।
आफ्नै घरमा रहेको घाँस काट्ने मेसिनलाई हातले छुने क्रममा साँझ ६ बजेतिर उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी बास्तोलालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रम...































