संगालोखबर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरूलाई सम्मान गर्दै मन्त्री पौडेलले यस्तो घोषणा गरेका हुन् । 

Advertisement

आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको उनले उल्लेख गरे । ‘मानव अङ्गदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रूपमा उपकेन्द्र सञ्चालन हुनेछन्,’ मन्त्री पौडेलले भने, ‘तत्काल कोशी प्रदेशबाट यो काम थालिने छ ।’ कोशीको कुन जिल्लामा रहने भन्ने उनले खुलाएनन् ।

मन्त्री पौडेलले कोशीमा छिट्टै उपकेन्द्र खुल्ने जानकारी दिँदै अरू प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए । केन्द्रले देशभर सेवा प्रदान गर्न नसक्ने भएकाले देशभर नै सेवा बिस्तार गर्ने बताए । ‘यस (केन्द्र) ले मात्र देशैभर सेवा दिन सक्दैन,’ उनले भने, ‘त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उपकेन्द्र खोल्ने तयारी गरेका छौँ ।’

सीमित जनशक्ति, पूर्वाधार र श्रोतका कारण चाहे जस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल भएका जनशक्ति र श्रोतलाई सक्रिय बनाएर जनतालाई बढी लाभ दिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!