संगालोखबर

विराटनगर । विराटनगरका युवा उद्यमीहरूले रक्तदान गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार युवा उद्यमी मञ्च विराटनगरले रानीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

Advertisement

कार्यक्रममा युवा उद्यमीसहित ६२ जनाले रक्तदान गरेको युवा उद्यमी मञ्च विराटनगरका उपाध्यक्ष रोमन कटेलले जानकारी दिए । रक्तदानका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटलले प्राविधिक सहयोग गरेको थियो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा उद्यमी मञ्च विराटनगरले हरेक वर्ष रक्तदानसहित विभिन्न कार्यक्रम गर्दै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!