संगालोखबर

विराटनगर । काठमाडौंबाट ओखलढुंगा आउँदै गरेको गरेको यात्रुबाहक बस मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा खसेको छ । दुर्घटना लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू उद्धार कार्यमा जुटेका छन् । दुर्घटनाग्रस्त बसमा कति जना यात्रु सवार थिए खुल्न बाँकी छ । 

‘१० जना बढीलाई उद्धार गरेर अस्पताल पठाएका छौं’, रामेछाप प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन प्रसाद तिमल्सिनाले संगालोखबरसँग भने, ‘अहिले उद्धारको कार्य जारी छ ।’

उनका अनुसार रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खसेको छ । थप विवरण आउन बाँकी छ ।

रामेछाप बस दुर्घटना अपडेट : पाँच जनाको अवस्था चिन्ताजनक

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!