
काठमाडौं । काठमाडौं महानगरपालिका-७ गौरीघाटमा ४० वर्षीया विमला तामाङको हत्या आरोपमा उनकै श्रीमान ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा पक्राउ गरेका छन् । प्रहरीका अनुसार शेर्पाको घर संखुवासभाको खाँदबारी नगरपालिका-६ हो ।
शेर्पाले आइतबार दिउँसो श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । विमलाको शव डेरा कोठामा फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा हत्यामा श्रीमानकै संलग्नता पाएपछि पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ । घरायसी वादविवादका क्रममा विमलाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

संगालोखबर 













