
विराटनगर । भोटेकोशीमा आएको बाढीले रसुवा ठूलो क्षति पुर्याएको छ । आज बिहान तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्याएको हो ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका कार्यपालिका सदस्य पेमा दोर्जे घलेका अनुसार बाढीले टिमुरे गाउँ बगाएको छ । बाढीमा परेर कति मान्छे बेपत्ता भए भन्ने यकिन नभएको उनको भनाइ छ ।
उनका अनुसार टिमुरेमा करिब एक सय घर थिए । त्यहाँ कति मान्छे जोगिए भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ ।

संगालोखबर 













