
विराटनगर । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो दुर्घटनामा भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा भएको दुर्घटनामा उनीसहित ६ जना घाइते भएका छन् ।
डाँगीसहित चालक दाङ राप्ती-८ का ३२ वर्षीय छुनिलाल चौधरी, बैतडी दशरथचन्द-७ का ५१ वर्षीय तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडु घाइते भएका हुन् ।
प्रहरीका अनुसार लक्ष्मीको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ । उनीहरूलाई भीमफेदी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो आज बिहान काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गर्दा सडकबाट करिब ५०/६० मिटर तल खसेरको हो ।

संगालोखबर 













