गुडिरहेको माइक्रो बसमाथि रूख ढल्यो
धादिङ । गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । धादिङबेंसीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको विद्युतीय माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रूख ढलेर माइक्रो बसमाथि बजारिएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रु घाइते भए...






















