पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । लोकमार्गअन्तर्गत खुर्काेट–घुर्मी सडकखण्ड बुधबार बिहानदेखि अवरुद्ध भएको हो । पहिरोले गोलञ्जोर गाउँपालिका–६ अक्करेभीर, गोलञ्जोर–१ कुडुलेका साथै फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । खुर्काेटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेको प्रहरीले जनाएको छ । पहिरोले गोलञ्जोर–१ कु...
सुनकोशी नदीमा हामफालेका एक पुरुष बेपत्ता

सुनकोशी नदीमा हामफालेका एक पुरुष बेपत्ता

सिन्धुली । सुनकोशी नदीमा हामफालेका एकजना पुरुष बेपत्ता भएका छन् । सिन्धुलीको गोलोन्जर गाउँपालिका–७ सुर्काेट बजार र रामेछाप जोड्ने सुनकोशीको पुलबाट हाम फालेर ती व्यक्ति बेपत्ता भएका हुन् । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंको बौद्ध निवासी ५६ वर्षीय विष्णुप्रसाद संग्रौला शुक्रबार राति १० बजे पुलबाट हाम फालेका थिए । घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोली र स्थानीय...
मोटरसाइकल दुर्घटनामा दुईजना प्रहरीको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईजना प्रहरीको मृत्यु

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुईजना प्रहरीको मृत्यु भएको छ । नियमित गस्तीमा गइरहेका उनीहरु चढेको मोटरसाइकल आइतबार बेलुका दुर्घटना भएको थियो । रत्नावतीस्थित प्रहरी चौकीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र भिमाद नगरपालिका–७ तनहुँ घर ...
कतारका नेपाली श्रमिक र परिवारलाई केएमसीमा सहुलियत उपचार

कतारका नेपाली श्रमिक र परिवारलाई केएमसीमा सहुलियत उपचार

विराटनगर । संघीय सांसद डा. सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवार सदस्यहरुका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) मा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाएका छन् । कतारस्थित नेपाली राजदूतावासमा सोमबार भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच सहुलियत उपचारको सम्झौता भएको हो । त्यस क्रममा कतारका लागि...
भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए

विराटनगर । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा भेटिएका छन् । भक्तपुरको लोकन्थलीस्थित निवासमा उनले बिहिवार आत्महत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीलाई सम्बोधन गरेर उनले लेखेको ‘सुसाइड नोट’ फेला परेको छ । आफूले आत्महत्या गरेको कुरा उक्त नोटमा लेखिएको बताए पनि प्रहरीले विस्तृत जा...
सात प्रदेशमध्ये कोशी तेस्रो धनी

सात प्रदेशमध्ये कोशी तेस्रो धनी

विराटनगर । नेपालका सात प्रदेशमध्ये वाग्मती प्रदेश सबैभन्दा धनी रहेको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले देखाएको छ । कोशी प्रदेश तेस्रो धनी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले सात प्रदेशमध्ये सबैभन्दा धेरै प्रतिव्यक्ति जीडीपी वाग्मती प्रदेशमा रहेको देखाएको छ । उक्त प्रतिवेदनका अनुसार वाग्मती प्...
राइटपाथ करियर काउन्सिलिङको ‘ग्राण्ड एजुकेसन कनक्लेभ’ समापन

राइटपाथ करियर काउन्सिलिङको ‘ग्राण्ड एजुकेसन कनक्लेभ’ समापन

काठमाडौं । राइटपाथ करियर काउन्सिलिङको काठमाडौंको पुतलीसडकस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको ‘ग्राण्ड एजुकेसन कनक्लेभ २०२४’ समापन गरिएको छ । ललितपुरको कुमारीपाटी शाखामा मंगलबार आयोजित कार्यक्रमसँगै समापन गरिएको हो । बैशाख २९ गते काठमाडौंमा भएको कार्यक्रम बैशाख ३१ गते धनकुटा, जेठ ३ गते हेटौंडा, ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङमा आयोजना भएको थियो । कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरु स...
दोहोरो नागरिकता लिएको आरोपमा कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

दोहोरो नागरिकता लिएको आरोपमा कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

विराटनगर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीमा रहेको कार्यालयबाट पक्राउ गरेको हो । दोहोरो नागरिकता लिएको आरोपमा सिरोहियाविरुद्ध आजै जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो । उनले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । यसैबी...
कोशी र वागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा

कोशी र वागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा

विराटनगर । जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । विभागका अनुसार बिहानदेखि कोशी प्रदेशको केही स्थान र वागमती प्रदेशको पहाडी भूभागको केही भागमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहा...
सडकबाट कार खस्दा मकवानपुरमा दुईजनाको मृत्यु

सडकबाट कार खस्दा मकवानपुरमा दुईजनाको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान भएको कार दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो । ललितपुरबाट हेटौ...
अज्ञात समूहद्वारा चितवनमा स्कुल बस आगजनी

अज्ञात समूहद्वारा चितवनमा स्कुल बस आगजनी

चितवन । विद्यार्थी लिन गइरहेको अवस्थामा चितवन, भरतपुरको मंगलपुरमा स्मलहेभन स्कुलको बसमा आज बिहान आगजनी भएको छ । पश्चिम क्षेत्रका विद्यार्थी लिन जाँदै गरेको बसलाई ६ जना व्यक्तिले रोकेर चालक र सहचालकलाई बााहिर निकालेर आगजनी गरेको प्रहरीले जनाएको छ । घटनाका बेला बसमा विद्यार्थी भने थिएनन् । चनौली बजारदेखि दक्षिण अमृतचोकका विद्यार्थी लिन गइरहेको बा प्र ०६–००१ क ००४५ नम्बरको बसमा उक्त समूहले आगजनी ...
आगोमा जलेका धनकुटाका युवाको अवस्था गम्भीर, काठमाडौंमा उपचार हुँदै

आगोमा जलेका धनकुटाका युवाको अवस्था गम्भीर, काठमाडौंमा उपचार हुँदै

काठमाडौं । आगोमा जलेर गम्भीर घाइते भएका धनकुटाको सहिदभूमि गाउँपालिका–३ छिन्ताङ डाँडागाउँका बालेन्द्र राईको काठमाडौंमा उपचार भइरहेको छ । आफ्नै घरको भान्साको चुलो छेउमा बसिरहेका बेला एक्कासि बेहोस भएर ढलेपछि राईको अनुहारको अधिकांश भाग जलेको छ । धनकुटामा उपचार हुन नसकेपछि धरान, विराटनगरका अस्पताल हुँदै काठमाडौं पुर्याइएका उनको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ । उनी ब...
घरमा आगलागी हुँदा धादिङमा दम्पतीको मृत्यु

घरमा आगलागी हुँदा धादिङमा दम्पतीको मृत्यु

धादिङ । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने स्थानमा भएको आगलागीमा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परी स्थानीय ७० वर्षीय तेजबहादुर लामा र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आगलोले घरमा भएका अन्नपात र लत्ताकपडासहित सबै धनमाल जलेर नष्ट भएको प्रहरील...
बैंकिङ कसुरमा जनप्रतिनिधि पक्राउ

बैंकिङ कसुरमा जनप्रतिनिधि पक्राउ

सिन्धुपाल्चोक । बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नक्कली सेवाग्राहीको भेषमा जिल्ला प्रहरी सिन्धुपाल्चोकबाट खटिएका प्रहरी निरीक्षक सञ्जिव यादवसहितको सुरक्षाकर्मीको टोलीले जुगल ५ ढाडेबाट तामाङलाई पक्राउ गरेको हो । उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेस गरेर आवश्यक कानुनी प्रक्रियामा पठाइएको प्रहरी निरीक्...
error: Content is protected !!