संगालोखबर


काठमाडौं । ललितपुरको पाटन स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-६ घर भएर ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङको मृत्यु भएको हो ।

बुधबार साँझ उनीहरूमाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुईपक्षबीच विवाद हुँदा छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

प्रहरीले छुरा प्रहारमा संलग्न भएको आरोपमा ललितपुर महानगरपालिका-९ भोलटोलका ३२ वर्षीय सञ्जीव नेपाली र नवलपरासी गैँडाकोट घर भएर ललितपुरको सुबहाल बस्ने २१ वर्षीय गगन सुनारलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!