
विराटनगर । रसुवास्थित गोसाइँकुण्डमा नुहाउने क्रममा डुबेर मोरङका दुई जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने छन् ।
हिजो डुबेर बेपत्ता भएका उनीहरूको शव आज बिहान १० वजे फेला पारेर सुरक्षाकर्मीको टोलीले बाहिर निकालेको छ ।
न्यौपाने र ढकालसहित १३ जनाको टोली काठमाडौंबाट हिजो गोसाइँकुण्ड गएका थिए । नुहाउने क्रममा गहिरो स्थानमा पसेका कारण घटना भएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













