संगालोखबर

काठमाडौँ । माथिल्लो त्रिशूली १ मा फसेकाहरूको उद्धारमा ढिलाई भएको भन्दै आक्रोशित पीडित पक्षले आज कम्पनीको कार्यालय घेराउ गरेका छन् ।

थापाथलीस्थित नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालय घेराउ गर्दै आफन्तहरूले फसेकाहरूको तत्काल उद्धार गर्न माग गरेका हुन् ।

बाढी आएको ५ दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै आफन्तहरू आक्रोशित छन् ।

उनीहरूले फसेका आफन्तको उद्धारमा लापरबाही गरिएको आरोप लगाएका छन् ।

अन्य जलविद्युत कम्पनीमा फसेकाहरूको उद्धार भइरहेको भएपनि माथिल्लो त्रिशूली १ को क्याम्पमा फसेकाहरूको उद्धारमा लापरबाही गरिएको उनीहरूको भनाई छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!