संगालोखबर


विराटनगर । काठमाडौंबाट ओखलढुङ्गा आउँदै गरेको यात्रुबाहक बस मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा खस्दा पाँच जना गम्भीर घाइते भएका छन् । रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खसेको हो ।

‘उद्धार गरिएमध्ये पाँच जनाको अवस्था चिन्ताजनक छ’, रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले संगालोखबरसँग भने, ‘उनीहरूलाई अस्पताल लगिएको छ । अहिलेसम्म कसैको पनि मृत्यु पुष्टि भएको छैन ।’

दुर्घटना लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू उद्धार कार्यमा जुटेका छन् । दुर्घटनाग्रस्त बसमा कति जना यात्रु सवार थिए खुल्न बाँकी छ । रामेछाप प्रहरीका अनुसार अहिलेसम्म ११ जनाको उद्धार भइसकेको छ ।

काठमाडौंबाट ओखलढुङ्गा आउँदै गरेको बस तामाकोसी नदीमा खस्यो

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!