प्रथम कोशी एलाइट कप क्रिकेट : दुई खेलमा विजयी हुँदै मोरङ फाइनलमा प्रवेश
विराटनगर । मोरङ प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी प्रतियोगितामा लगातार २ खेल जित्दै मोरङ फाइनलमा पुगेको हो ।
विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा झापालाई ४ विकेटले पराजित गर्दै समुह विजेताको रूपमा मोरङ फाइनलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरक...






























