सोलुखुम्बुमा बोलेरो दुर्घटना हुँदा आमाको मृत्यु, १८ महिने बालक घाइते
विराटनगर । सोलुखुम्बुमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नाबालक घाइते भएका छन् । दुर्घटनामा परेर सोताङ-५ की ३२ वर्षीया सरिता राईको मृत्यु भएको हो भने उनको १८ महिने छोरा रेवन राई सामान्य घाइते भएका छन् ।
प्रहरीका अनुसार सडकबाट करिब सय मिटर तल अड्किएकी उनलाई उद्धार गरेर उपचारका लागि सोताङ प्राथमिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जुकेस्थित...



























