सगरमाथा आरोहणका लागि गएका केन्यालीको मृत्यु, नेपाली गाइड बेपत्ता
विराटनगर । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गएका एकजना केन्याली नागरिकको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरोनजिक मृत अवस्थामा फेला परेका हुन् ।
उनीसहितको टोलीमा गएका नेपाली गाइड डवाङ शेर्पा सम्पर्कविहीन बनेको विभागले जनाएको छ । उनीहरुले सगरमाथा आरोहण गरे नगरेको यकिन नभएको विभागको भनाइ छ ।
बिहीब...






























