विराटनगर महानगरमा अपाङ्गता भएकाहरुको संख्या २७२०
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्ति थप भएका छन् । करुणा फाउण्डेशनसँगको सहकार्यमा विराटनगर महानगरले अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलनका लागि ‘रिचिङ टु मिसिङ’ अभियान सञ्चालन गरेको थियो ।
अभियानका क्रममा १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्तिहरू थप भएका हुन् । यसअघि १ हजार ६ सय १३ जना अपाङ्गता भएका व्यक्तिहरू महानगर क्षेत्रभित्र रहेको तथ्यांकम...































