टेबलटेनिसको राष्ट्रिय प्रतियोगितामा विराटनगरका सुशान्त दोस्रो
विराटनगर । विराटनगरका सुशान्त मेहता पोखरामा जारी राष्ट्रिय खेलकुद प्रतियोगितामा दोस्रो भएका छन् । एभरेष्ट स्कुलमा अध्ययनरत् मेहता कोशी प्रदेशको प्रतिनिधित्व गर्दै अन्डर–१५ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसको ब्वाइज सिंगल्समा दोस्रो भएका हुन् ।
ब्वाइज सिंगल्सको फाइनल खेलमा बागमती प्रदेशका जयस्नु महर्जनसँग उनी ८–११, ११–५, ११–७, ११–६ को स्कोरले पराजित भए । सोही इभेन्टमा कोशी ...






























