विराटनगरमा नेकपा प्रचण्ड–नेपाल समूहको बिजय जुलुश
विराटनगर । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा नेकपाको प्रचण्ड–नेपाल समूहले आज बिराटनगरमा बिजय जुलुश निकालेको छ । सर्वोच्चको निर्णयलाई स्वागत गर्दै विराटनगरका विभिन्न चोकबाट विजय जुलुस निकालेर खुशीयाली मनाइएको हो ।
मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रधानमन्त्रीले प्रतिगामी कदम चालेको भन्दै ने...






























