धनकुटाबाट ओली पक्षीय नेकपाको उद्घोष: फैसला दुरुपयोग गर्दै स्वार्थ पुरा गर्न दिदैनौं
धनकुटा । केपी ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले राजनैतिक अवस्था धमिल्याएर आफ्नो स्वार्थ पुरा गर्न खोज्नेहरुको स्वार्थ पुरा हुँन नदिने दावी गरेको छ । नेकपा धनकुटाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो दावी गरेका हुन् ।
आफ्नो स्वार्थ पुरा गर्न राजनैतिक अवस्था धमिल्याएर जनघाती र राष्ट्रघाती कदम चालिएको अरोप लगाउँदै यस्तो स्वार्थ...






























