प्रदेश १ सरकारलाई ६२ लाखको स्वास्थ्य सामाग्री प्रदान

प्रदेश १ सरकारलाई ६२ लाखको स्वास्थ्य सामाग्री प्रदान

विराटनगर । युएनडीपी र युएसएआडीको सुआहारा परियोजनाले प्रदेश १ सरकारलाई ६२ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । युएनडीपीका धनबहादुर चन्द, युएसएआडीको सुआहारा परियोजनाका प्रदेश संयोजक सुभाष गौतम लगायतले सामाजिक विकास मन्त्री उषाकला राईलाई आइतवार सामाग्री हस्तान्तरण गरेका हुन् । युएनडीपीकातर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० ...
उदयपुरमा बोलेरो पल्टिँदा एक जनाको मृत्यु, तीन घाइते

उदयपुरमा बोलेरो पल्टिँदा एक जनाको मृत्यु, तीन घाइते

उदयपुर । उदयपुर ताप्ली गाउँपालिका–४ मा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । लहानबाट लखनडाँडातर्फ मिलको मेशिन बोकेर जादै गरेको बा १८ च १५६७ नम्वरको वोलेरो शनिवार साँझ करिब ७ः३० बजे अनियन्त्रीत भई सडकबाट पल्टिएको हो । दुर्घटनामा परी सिन्धुली दुधौली नगरपालिका १० का ६० बर्षीय इन्द्र वहादुर बिश्वकर्माको मृत्यु भएको हो । उदयपुर कटारी नगरपालिका १० का बोलेरो चालक ...
धनकुटामा कोरोना र निषेधाज्ञा प्रभावितलाई वितरक संघले बाँढ्यो खाद्यान्न

धनकुटामा कोरोना र निषेधाज्ञा प्रभावितलाई वितरक संघले बाँढ्यो खाद्यान्न

धनकुटा । वितरक संघ धनकुटाले कोरोना र निषेधाज्ञा प्रभावित परिवारलाई खाद्यान्न प्रदान गरेको छ । उद्योग र खुद्रा व्यापारीको बीचमा वितरक (डिलर) को काम गर्दै आएका व्यावसायीहरुको संस्था वितरक संघले आफ्ना सदस्यहरुबाट रकम संकलन गरी धनकुटाका प्रभावित ३७ परिवारलाई खाद्यान्न प्रदान गरेको हो । कोरोना र निषेधाज्ञाबाट प्रभावित गरिब तथा बिपन्न परिवार, रोजगारी गुमाएका मजदुर लगायतलाई सहयोग स्वरुप प्रति परिवार १...
प्रदेश १ मा एकैदिन १३१० जनाले जिते कोरोना, ४८६ मा संक्रमण

प्रदेश १ मा एकैदिन १३१० जनाले जिते कोरोना, ४८६ मा संक्रमण

विराटनगर । प्रदेश १ बाट आज १ हजार ३१० जनाले कोरोना भाईरसलाई जितेर संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५२४ महिला र ७८६ पुरुष छन् । योसँगै प्रदेश १ मा हालसम्म संक्रमणमुक्त हुँनेको संख्या ४८ हजार ५५३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैबीच प्रदेश १ मा आज ४८६ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४१९ जनाको पीसीआर परीक्षण गर्दा २२६ महिला र २६० जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो...
धनकुटाको चुङमाङ्गमा एकै पटक मरे ६ चौपाया, सत्रुले खोलेमा बिष मिसाइदिएको आशंका

धनकुटाको चुङमाङ्गमा एकै पटक मरे ६ चौपाया, सत्रुले खोलेमा बिष मिसाइदिएको आशंका

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–१० चुङमाङ्गका एक किसानले पालेका ६ वटा चौपाया एकै पटक मरेका छन् । कृषक वासु पोखरेलले पालेको एउटा भैसी, एउटा गाईको बाछी तथा दुई/दुई वटा खसी र माउ बाख्रा एकै पटक मरेका हुन् । सधैझै बिहिबार बिहान खोले खुवाउँनासाथ भैसी, बाछी, खसी र बाख्रा भटाभट मरेको पोखरेलले गुनासो सुनाए । उनका अनुसार बुधबार दिउँसो बारीबाट उखेलेर ल्याएको कलिलो मकैको बोटको खोले पकाएर बस्तु पाख्र...
इलाममा दाउले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

इलाममा दाउले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

इलाम । इलामको देउमाई नगरपालिका–४ मा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भोजपुर घर भई इलामको देउमाई नगरपालिका–४ चित्रेमा डेरा गरेर बस्दै आएका ४५ बर्षीय ताकबहादुर तामाङले श्रीमति ४६ बर्षीया सूर्जामायाको हत्या गरेका हुन् । शुक्रबार बिहान करिब साढे ८ बजे ताकबहादुरले सामान्य घरायसी विवादका क्रममा श्रीमतिलाई दाउले काटेर हत्या गरेको इलामका प्रहरी प्रवक्ता डिएसपी लालध्वज सुवेदीले बताए । ‘हत्...
तरहरामा श्रीमान–श्रीमती मृत फेला

तरहरामा श्रीमान–श्रीमती मृत फेला

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा शनिवार बिहान एक दम्पती मृत फेला परेका छन् । उदयपुरको रौतामाई घर भई इटहरी बस्दै आएका २५ बर्षीय हेमशेर राई र उनकी श्रीमति २२ बर्षीया शर्मिला स्थानीय पैनीमा मृत फेला परेका हुन् । हेमशेर इटहरीस्थित रोयल फर्निचरामा काम गर्दै आएका थिए । पानीमा तैरिरहेको अवस्थामा श्रीमान–श्रीमती मृत फेला परेको इटहरीका प्रहरी प्रमुख डिएसपी अर्जुन केशीले बताए । ‘घर नजिकै...
धनकुटामा अपाङ्गता भएकी बृद्धामाथि बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा दर्ता

धनकुटामा अपाङ्गता भएकी बृद्धामाथि बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा दर्ता

धनकुटा । अपाङ्गता भएकी बृद्धामाथि बलात्कार गरेको अभियोगमा प्रहरीले धनकुटाको महालक्ष्मी नगरपालिका–६ लेगुवाका लोकबहादुर कार्कीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । लेगुवाकी ६७ बर्षीया अपाङ्गता भएकी बृद्धामाथि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शुक्रबार जिल्ला अदालतमा ६१ बर्षीया कार्कीबिरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेको हो । कार्कीविरुद्ध मुद्दा दर्ता गरी अदालतबाट १० दिनको...
प्रदेश १ मा थपिए ४६२ कोरोना संक्रमित, ९०२ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ४६२ कोरोना संक्रमित, ९०२ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ बाट आज ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ४६२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८४, झापामा १०९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, तेह्रथुम र इलाममा ७/७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २/२ र प्र...
जेसीवी बोकेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु, दुई घाइते

जेसीवी बोकेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु, दुई घाइते

सोलुखुम्बु । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–८ स्थित सेतोमानेमा जेसीवी क्रेन बोकेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । सोलुखुम्बुबाट पोखरातर्फ जाँदै गरेको ग १ क ५१७३ नम्बरको ट्रकमा रोडमाथि टाँगिएको बिद्युतको मेन तारमा जेसीवीले छुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रक चालक बाग्लुङको बडीगंगा गाउँपालिका–५ का २६ बर्षीय भुमिराज मरासैनी र ट्र...
पाँचथरमा फलामको पाइपले लागेर कामदारको मृत्यु

पाँचथरमा फलामको पाइपले लागेर कामदारको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा फलामको पाइपले लागेर अरुण भ्याली हाईड्रोपावरमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–२ का २९ बर्षीय मोहन राहादी मगर छन् । साढे ३ मिटर गोलाई भइ करिव ४ टन तौल भएको फलामको पाइप बा ३ क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङ्ली चुडिँदा पाइपले मगरको घाँटीमा लागेको थियो । पाइपले लाग्दा घटनास्थलमै उनको मृत्यु भएको...
पानी तान्ने मोटरबाट करेन्ट लाग्दा दुई जनाको मृत्यु

पानी तान्ने मोटरबाट करेन्ट लाग्दा दुई जनाको मृत्यु

झापा । झापाका दुई छुट्टा छुट्टै स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–३ र कमल गाउँपालिका–७ मा करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको हो । बिहीबार दिउँसो साढे ३ बजे आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा अर्जुनधारा–३ का ८२ बर्षीया गलमाया खड्का घाइते भएकी थिइन् । उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजादै गर्दा...
प्रदेश १ मा थपिए ५७३ कोरोना संक्रमित, १४४२ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ५७३ कोरोना संक्रमित, १४४२ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ५७३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ७४३ जनाको पीसीआर परीक्षण गर्दा २६५ महिला र ३०८ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीमा १६८, मोरङमा १४४, झापामा १२५, उदयपुरमा ५५, संखुवासभामा ४९, धनकुटामा ७, इलाममा ३, तेह्रथुम र भोजपुरमा २/२, पाँचथर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स...
सुनसरीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

सुनसरीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–८ भान्टाबारीबाट लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४० बर्षीय शम्भु कबिरथ छन् । विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले ४ ग्राम ब्राउन सुगरसहित शम्भुलाई पक्राउ गरेको हो । उनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धनकुटामा अपाङ्गता भएकी बृद्धामाथि बलात्कार, पैसा दिएर घटना गुपचुप गराउँन दवाव

धनकुटामा अपाङ्गता भएकी बृद्धामाथि बलात्कार, पैसा दिएर घटना गुपचुप गराउँन दवाव

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–६ लेगुवामा अपाङ्गता भएकी बृद्धा बलात्कृत भएकी छन् । अपाङ्गता भएकी ६७ बर्षीया बृद्धामाथि स्थानीय एक व्यक्तिले जबरजस्ती करणी गरेको आरोप छ । पैसा दिएर घटना गुपचुप गराउँन स्थानीय अगुवा र पीडक पक्षले दवाव दिएको पीडितका आफन्तले गुनासो गरेका छन् । बलात्कारको आरोपमा प्रहरी चौकी लेगुवाले बाँसपानीका ६१ बर्षीय लोकबहादुर कार्कीलाई वुधवार नियन्त्रणमा लिएको छ । उनी दुई ...
बँदेललाई थापेको पासोमा परेर एक जनाको मृत्यु

बँदेललाई थापेको पासोमा परेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा त्रियुगा–९ राजावाशका ५४ बर्षीय जगदिश पोखरेल छन् । मकै बारी नष्ट गर्न आउने बँदेललाई गएराती पोखरेलले करेन्ट लगाई पक्रन पासो थापेका थिए । आज बिहान उक्त पासो निकाल्ने क्रममा उनलाई करेन्ट लागेको हो । करेन्ट लाग्दा घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्याल...
प्रदेश १ थपिए ५०७ कोरोना संक्रमित, १४६५ संक्रमणमुक्त

प्रदेश १ थपिए ५०७ कोरोना संक्रमित, १४६५ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ५०७ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६५३ जनाको पीसीआर परीक्षण गर्दा २२४ पुरुष र २८३ जना महिलाको रिपोर्ट पोजिटभ आएको हो । सुनसरीमा १६५, झापामा १३२, मोरङमा ११९, पाँचथरमा ५४, इलाममा ८, धनकुटामा ६, तेह्रथुममा ४, भोजपुर र उदयपुरमा ३/३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...
धनकुटामा केही खुकुलो पार्दै आठ दिन थपियो निषेधाज्ञा

धनकुटामा केही खुकुलो पार्दै आठ दिन थपियो निषेधाज्ञा

धनकुटा । धनकुटामा थप आठ दिन निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिस तथा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिक प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले असार ३ गतेसम्म निषेधाज्ञा थप गरेका हुन् । धनकुटामा बुधबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरिएको थियो । निषेधाज्ञा सकिने दिन बुधबार अपरान्ह सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले निषेधाज्ञा थप गरेका हुन् । बि...
करेन्ट लागेर तीन बर्षे बालकको मृत्यु

करेन्ट लागेर तीन बर्षे बालकको मृत्यु

झापा । झापाको विर्तामोडमा करेन्ट लागेर आज बिहान एक वालकको मृत्यु भएको छ । विद्युतको नाङ्गो तारमा छुँदा करेन्ट लागेर बिर्तामोड–१० ठुटेबर चोकका कुमार गुरुङको तीन बर्षे छोरा अभिनासको मृत्यु भएको हो । निर्माण हुँदै गरेको आफ्नै घर पछाडि रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा छुँदा करेन्ट लागेर बिहान साढे ७ बजे बालककोे मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
केराबारीबाट पेस्तोल र राईफलको गोलीसहित दुई जना पक्राउ

केराबारीबाट पेस्तोल र राईफलको गोलीसहित दुई जना पक्राउ

मोरङ । मोरङको केराबारी गाउँपालिका–९ देवीझोडाबाट पेस्तोल र राईफलको गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५१ बर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका–२ लालभित्तिका ४१ बर्षीय पदम कुमार लिम्बु छन् । बिषेश सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । लिम्बुको घरबाट १ थान कटुवा पेस्तोल, ३०३ राईफलको गोली ५ थान, गोली लोड गर्ने...
धनकुटाको चुङमाङका कोरोना संक्रमितलाई अमेरिका पुगेकी २२ बर्षीया चेलीले पठाइन सहयोग

धनकुटाको चुङमाङका कोरोना संक्रमितलाई अमेरिका पुगेकी २२ बर्षीया चेलीले पठाइन सहयोग

धनकुटा । अध्ययनको सिलसिलामा अमेरिका पुगेकी धनकुटाको पाख्रीवास नगरपालिका–१० चुङमाङकी अब्रिता कुथुमी राईले गाउँका कोरोना संक्रमितलाई सहयोग स्वरुप अमेरिकाबाट पैसा पठाएकी छन् । गाउँमा कोरोना संक्रमण फैलिरहेका बेला २२ बर्षीया अब्रिताले कोरोना संक्रमितलाई खाद्यान्न र पौष्टिक आहार उपलब्ध गराउँन ७० हजार रकम संकलन गरी पठाएकी हुन् । उनले पठाएको रकमबाट मंगलबार गाउँका २० कोरोना संक्रमित परिवारलाई प्रति परि...
धरानमा प्रहरी पोष्ट तोडफोड गर्ने दुई जना धनकुटाबाट पक्राउ

धरानमा प्रहरी पोष्ट तोडफोड गर्ने दुई जना धनकुटाबाट पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थित बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । धरान–४ का ३० बर्षीय बसन्त राई र धरान–१५ का ३२ बर्षीय रेगन लिम्बुलाई धनकुटा बजारबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरु जेठ १३ गते अस्थायी प्रहरी पोष्ट कार्यालय भवन तोडफोड गरी फरार भएका थिए । फरार रहेका उनीहरुको खोजी भइरहेको अवस्थामा सोमबार उनीहरुला...
नोबेल अस्पताल सञ्चालक डा.शर्माले कोरोना संक्रमितलाई निःशुल्क खुवाउँन थाले खाना

नोबेल अस्पताल सञ्चालक डा.शर्माले कोरोना संक्रमितलाई निःशुल्क खुवाउँन थाले खाना

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना संक्रमितहरुलाई निःशुल्क खाना खुवाउँन थालेका छन् । नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई डा.शर्माले आफ्नै खर्चमा मंगलबारबाट निःशुल्क खाना खुवाउँन थालेका हुन् । नोबेल अस्पतालमा भर्ना भएका सबै कोरोना संक्रमितलाई विहान–वेलुकाको खाना निःशुल्क खुवाउँने घोषणा गरेर डा.शर्माले खाना वितरण थालेका हुन् । ‘कोरोना संक्रमितहरुलाई केही स...
प्रदेश १ मा थपिए ७८७ कोरोना संक्रमित, ४६७ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ७८७ कोरोना संक्रमित, ४६७ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र तेह्रथुममा ४–४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १००, सुन्दरहरैचामा ७६, उर्लाबारीमा २४, पथरीशनिश्चरेमा १९...
उदयपुरमा पिकअप दुर्घटना

उदयपुरमा पिकअप दुर्घटना

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–३ चप्लेटीस्थित भित्रि सडकखण्डमा बोलेरो पिकअप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । खाद्यान्न बोकेर कटारीबाट ताप्ती–२ लेखगाउँतर्फ जाँदै गरेको बा १३ च ५६४८ नम्बरको बोलेरो पिकअप गएराती दुर्घटना भएको हो । दुर्घटनामा परी ताप्ती गाउँपालिका–२ का आकाश राई गंभीर घाइते भएका छन् । पिकअप अनियत्रन्त्रत भई सडकबाट करिव सय मिटर तल खस्दा राई गंभीर घाइते भएका हुन् । उनल...
उदयपुरमा एटीएम तोडफोड गर्ने १८ बर्षीय युवक पक्राउ

उदयपुरमा एटीएम तोडफोड गर्ने १८ बर्षीय युवक पक्राउ

उदयपुर । उदयपुरमा एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनि घर भई त्रियुगा नगरपालिका–३ बस्दै आएका १८ बर्षीय विभेष शर्मा छन् । गएराती पौने १२ बजे त्रियुगा–११ मा रहेको नबिल बैंकको एटीएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
पाँचथरमा पिकअप पल्टिँदा दुई जनाको मृत्यु

पाँचथरमा पिकअप पल्टिँदा दुई जनाको मृत्यु

पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् । थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
धनकुटामा कोरोनाका कारण एकै परिवारका तीन जनाको मृत्यु

धनकुटामा कोरोनाका कारण एकै परिवारका तीन जनाको मृत्यु

धनकुटा । कोरोना संक्रमणका कारण धनकुटामा एक महिनाको अवधिमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ बीच बजारका आमा, छोरा र छोरीको मृत्यु भएको हो । ६२ बर्षीय विश्वप्रकाश श्रेष्ठको मंगलबार उपचारका क्रममा मृत्यु भएपछि उनको परिवारमा कोरोनाका कारण मृत्यु हुँनेको संख्या तीन पुगेको छिमेकी एवं पत्रकार महासंघ धनकुटाका निवर्तमान अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताए । ‘कोरोना लागेर एक मह...
धनकुटाका थप एक कोरोना संक्रमित महिलाको मृत्यु

धनकुटाका थप एक कोरोना संक्रमित महिलाको मृत्यु

धनकुटा । धनकुटाका थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शहिदभूमि गाउँपालिका–५ का ६२ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । उनमा जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि १३ गते उनी उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा गएराती सवा ८ बजे उनको मृत्यु भएको...
पाँचथरमा आगलागी हुँदा किरिया बसेका आमा र दुई छोरा घाइते

पाँचथरमा आगलागी हुँदा किरिया बसेका आमा र दुई छोरा घाइते

पाँचथर । पाँचथरको फिदिममा आगलागी हुँदा किरिया बसेका आमा र दुई छोरा घाइते भएका छन् । फिदिम नगरपालिका–४ जोरसालमा आगलागीमा परी ७२ वर्षीया चनमाया सापकोटा, उनका छोरा ४९ वर्षीय दीननाथ र ३२ वर्षीय मदन घाइते भएका हुन् । सोमबार राती करिब साढे ८ बजे ग्यास सिलिन्डर लिक भएर आगलागी भएको हो । पानी तताउन ग्यास बालेका बेला सल्किएको आगो निभाउँने क्रममा उनीहरु घाइते भएको पाँचथरका प्रहरी प्रमुख डिएसपी दानबहादुर थाप...
कुलोमा डुब्दा युवकको मृत्यु

कुलोमा डुब्दा युवकको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गामा लडेर कुलोमा डुब्दा एक जनाको मृत्यु भएको छ । कुलोमा डुबेर मोलुङ गाउँपालिका–७ का २५ बर्षीय रबिन अधिकारीको मृत्यु भएको हो । सोमबार साँझ अधिकारी साथीहरुसँग स्थानीय मोलुङ खोलाबाट माछा मारेर घर फर्कने क्रममा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लडेका थिए । डिलबाट लड्दा कुलोको पानीमा डुबेर उनको मृत्यु भएको जानकारी पाएपछि प्रहरी चौकी प्राप्चा र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रह...
error: Content is protected !!