- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा फलामको पाइपले लागेर अरुण भ्याली हाईड्रोपावरमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–२ का २९ बर्षीय मोहन राहादी मगर छन् ।

साढे ३ मिटर गोलाई भइ करिव ४ टन तौल भएको फलामको पाइप बा ३ क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङ्ली चुडिँदा पाइपले मगरको घाँटीमा लागेको थियो । पाइपले लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Advertisement

क्रेन अप्रेटर बाराको सखुवाघाट गाउँपालिका–७ का २८ बर्षीय अनिल लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!