- संगालोखबर सम्वाददाता

सोलुखुम्बु । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–८ स्थित सेतोमानेमा जेसीवी क्रेन बोकेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् ।

Advertisement

सोलुखुम्बुबाट पोखरातर्फ जाँदै गरेको ग १ क ५१७३ नम्बरको ट्रकमा रोडमाथि टाँगिएको बिद्युतको मेन तारमा जेसीवीले छुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रक चालक बाग्लुङको बडीगंगा गाउँपालिका–५ का २६ बर्षीय भुमिराज मरासैनी र ट्रकमै सवार रहेका जेसीवी चालक स्याङजाका २३ बर्षीय राम परियार छन् ।

ट्रकका सह–चालक बाग्लुङको मालिटा गाउँपालिका–८ का १९ बर्षीय बसन्त पौडेल र जेसीवी चालक परियारकी श्रीमती २० बर्षीया लिला परियार घाइते भएका छन् ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सोलुबाट डिएसपीसहितको टोली र प्रहरी चौकी पतालेबाट पनि प्रहरी टोली गएर घाइतेहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!