- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–१० चुङमाङ्गका एक किसानले पालेका ६ वटा चौपाया एकै पटक मरेका छन् । कृषक वासु पोखरेलले पालेको एउटा भैसी, एउटा गाईको बाछी तथा दुई/दुई वटा खसी र माउ बाख्रा एकै पटक मरेका हुन् ।

Advertisement

सधैझै बिहिबार बिहान खोले खुवाउँनासाथ भैसी, बाछी, खसी र बाख्रा भटाभट मरेको पोखरेलले गुनासो सुनाए । उनका अनुसार बुधबार दिउँसो बारीबाट उखेलेर ल्याएको कलिलो मकैको बोटको खोले पकाएर बस्तु पाख्रालाई खुवाइएको थियो । खोले खाइसक्दा नसक्दै ६ वटै चौपाया मरेका हुन् ।

‘खोले पकाउँनका लागि मकै काटेर अघिल्लो दिन नै खोलेको भाडामा छोपेर राखेको थियो । बिहान खोले पकाएर खुवाउँने वित्तिकै बस्तुबाख्रा थरथर कामेर एकैछिन भित्रै लडेर भकाभकी मरे,’ पोखरेलले भने, ‘यस्तै खोले अरु बेला पनि खुवाउँदा कहिल्यै केही भएको थिएन । अहिले कोही छिमेकी सत्रुले खोलेको भाडामा बिष हाल्दिएर मेरो उठिवास लगाउँन खोजेको जस्तो लागेको छ ।’

खोले नखाएका पाठापाठीलाई भने केही भएको छैन । अन्य दिन त्यस्तै खोले खुवाउँदा केही नभएको र त्यही दिन खोले खानासाथ चौपाया मरेकाले पोख्ररेल परिवारले छिमेकी सत्रुले खोलेमा बिष मिसाइदिएको आशंका गरेका हुन् । घटनापछि पोखरेलले अनुसन्धानको माग गर्दै वडा कार्यालयमा उजुरी दिएका छन् । नगरपालिकाको पशु शाखा र भेटेनरीबाट पनि कर्मचारीहरु उनको घरमै पुगेर निरीक्षण गरेका छन् । चौपाया मर्दा दुई लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!