- संगालोखबर सम्बाददाता

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–३ चप्लेटीस्थित भित्रि सडकखण्डमा बोलेरो पिकअप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । खाद्यान्न बोकेर कटारीबाट ताप्ती–२ लेखगाउँतर्फ जाँदै गरेको बा १३ च ५६४८ नम्बरको बोलेरो पिकअप गएराती दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी ताप्ती गाउँपालिका–२ का आकाश राई गंभीर घाइते भएका छन् । पिकअप अनियत्रन्त्रत भई सडकबाट करिव सय मिटर तल खस्दा राई गंभीर घाइते भएका हुन् ।

उनलाई कटारी अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनाबाट पिकअप पूर्ण रुपमा क्षति भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!