
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७ पानीतारेस्थित बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लाग्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको हेलेसी तुवाचुङ नगरपालिका–८ धितुङका २२ बर्षीय सरोज राई छन् ।
सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिएपछि दिउँसो साढे १२ बजे रुख काट्न गएका राईलाई हाँगाले टाउकोमा लागेको थियो । रुखको हाँगाले लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।















