- संगालोखबर सम्वाददाता

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थित बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । धरान–४ का ३० बर्षीय बसन्त राई र धरान–१५ का ३२ बर्षीय रेगन लिम्बुलाई धनकुटा बजारबाट प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

उनीहरु जेठ १३ गते अस्थायी प्रहरी पोष्ट कार्यालय भवन तोडफोड गरी फरार भएका थिए । फरार रहेका उनीहरुको खोजी भइरहेको अवस्थामा सोमबार उनीहरुलाई धनकुटाबाट पक्राउ गरिएको धनुकटाका प्रहरी प्रमुख एसपी गोबिन्द अधिकारीले जानकारी दिए ।

तोडफोडमा संलग्न २४ बर्षीय बिक्रम राई, २७ बर्षीय सिजन राई र २६ बर्षीय कालु भनिने सरोज लिम्बु जेठ १८ गते धरानकै देउरालीबाट पक्राउ परेका थिए । पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!