संगालोखबर सम्वाददाता

झापा । झापाको विर्तामोडमा करेन्ट लागेर आज बिहान एक वालकको मृत्यु भएको छ । विद्युतको नाङ्गो तारमा छुँदा करेन्ट लागेर बिर्तामोड–१० ठुटेबर चोकका कुमार गुरुङको तीन बर्षे छोरा अभिनासको मृत्यु भएको हो ।

निर्माण हुँदै गरेको आफ्नै घर पछाडि रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा छुँदा करेन्ट लागेर बिहान साढे ७ बजे बालककोे मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!