संगालोखबर सम्बाददाता

मोरङ । मोरङको केराबारी गाउँपालिका–९ देवीझोडाबाट पेस्तोल र राईफलको गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५१ बर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका–२ लालभित्तिका ४१ बर्षीय पदम कुमार लिम्बु छन् ।

Advertisement

बिषेश सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । लिम्बुको घरबाट १ थान कटुवा पेस्तोल, ३०३ राईफलको गोली ५ थान, गोली लोड गर्ने चाँचर २ थान र १ थान पेस्तोलको गोली बरामद भएको छ ।

त्यस्तै उनकै घरमा पार्किङ गरी राखिएको पदम कुमार लिम्बुको नाममा रहेको को १ च ८३८६ नम्बरको कारबाट खुकुरी १ थान र चक्कु १ थानसमेत बरामद भएको छ । पक्राउ परेको दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!