- संगालोखबर सम्वाददाता

धनकुटा । कोरोना संक्रमणका कारण धनकुटामा एक महिनाको अवधिमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ बीच बजारका आमा, छोरा र छोरीको मृत्यु भएको हो ।

Advertisement

६२ बर्षीय विश्वप्रकाश श्रेष्ठको मंगलबार उपचारका क्रममा मृत्यु भएपछि उनको परिवारमा कोरोनाका कारण मृत्यु हुँनेको संख्या तीन पुगेको छिमेकी एवं पत्रकार महासंघ धनकुटाका निवर्तमान अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताए । ‘कोरोना लागेर एक महिनाअघि छोरीको मृत्यु भएको थियो, ८ दिन अघि आमा र आज छोराको पनि मृत्यु भयो,’ श्रेष्ठले संगालोखबरसँग भने ।

धनकुटा बहुमुखी क्याम्पसका प्राद्यापकसमेत रहेका विश्वप्रकाशको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएर स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई थप उपचारका लागि नोबेल पुर्याइएको थियो ।

विश्वप्रकाशकी आमा ९४ बर्षीया सौभाग्य देवी श्रेष्ठको पनि कोरोनाकै कारण जेठ १८ गते मृत्यु भएको थियो । एक साताको फरकमा आमा–छोराको मृत्यु भएको हो । आमाको मृत्यु हुँदा कोरोना संक्रमणका कारण अस्पतालमा उपचार गराइरहेकाले विश्वप्रकाशले आमाको काजकिरिया गर्नसमेत पाएनन् ।

त्यसअघि बैशाख २४ गते विश्वप्रकाशकी दिदी विजयाश्री श्रेष्ठको पनि कोरानाकै कारण मृत्यु भएको थियो । ३१ दिनको फरकमा एकै परिवारका तीन जना गुमाउँदा श्रेष्ठ परिवार शोकमा डुबेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!