बेलबारीमा चट्याङ लाग्दा एक जनाको मृत्यु

बेलबारीमा चट्याङ लाग्दा एक जनाको मृत्यु

मोरङ । मोरङको बेलबारीमा चट्याङ लाग्दा बेहोस भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बेलबारी–५ कसेनीका ३८ बर्षीय मनिराम चौधरी छन् । सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा घर नजिकै चट्याङ पर्दा चौधरी बेहोस भएका थिए ।विराटनगरस्थित नोबल शिक्षण अस्पताल उपचारका क्रममा बेलुका साढे ८ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
प्रदेश १ मा एकैदिन ७३३ जनाले जिते कोरोना, ५४० मा संक्रमण

प्रदेश १ मा एकैदिन ७३३ जनाले जिते कोरोना, ५४० मा संक्रमण

विराटनगर । प्रदेश १ मा आज ७३३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । कोरोनालाई जित्दै ३ सय महिला र ४३३ पुरुष संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ३७२ पुगेको छ । यता, प्रदेश १ मा आज ५४० जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६ सय जनाको पीसीआर परीक्षण गर्दा २५६ महिला र २८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । झापाम...
प्रदेश १ को नाम अब चाडै तोकिन्छ: मुख्यमन्त्री राई

प्रदेश १ को नाम अब चाडै तोकिन्छ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकारण अब चाडै गर्ने बताएका छन् । प्रदेश १ प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको सोमबार बसेको पहिलो बैठकलाई संवोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम तोक्न निकै ढिलाई भएकाले अब चाडै नाम तोक्ने बताएका हुन् । कुनै एक पक्षका कारणले मात्र प्रदेशको नाम तोक्न ढिलाई नभएको भन्दै उनले सबै प्रदेश सभा सदस्यहरुकै कारण नाम तोक्नमा कमजोरी र ढिलाई भए...
मोरङको जहदाबाट लाखौं मूल्यको मदिरा बरामद

मोरङको जहदाबाट लाखौं मूल्यको मदिरा बरामद

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ बुधनगरबाट प्रहरीले गएराती ठूलो परिमाणमा सिल प्याक मदिरा बरामद गरेको छ । वुधनगरको खाली जग्गामा लुकाएर राखिएको ४ लाख ९० हजार भन्दा बढी मूल्यको सिल प्याक मदिरा बरामद भएको प्रहरीले जनाएको छ । राती साढे १ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को.३२ प.९५२१ र को.२० प.८७१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाकी बेबारिसे अबस्थामा र...
प्रदेश १ को बजेट अधिवेशन आज

प्रदेश १ को बजेट अधिवेशन आज

विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आज दिउँसो बस्दैछ । प्रदेश मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दिउँसो २ बजे प्रदेश सभा भवनमा प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन बोलाएका हुन् । अधिवेशनका लागि प्रदेशसभा सचिवालयले प्रदेश सभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक र संसदीय पत्रकारहरुको पीसीआर परीक्षण गराइसकेको छ । परीक्षणमा दुई जना सवारी चालक, दुई सुरक्षाकर्मी र एक...
मोरङमा लम्ब्याइयो निषेधाज्ञा

मोरङमा लम्ब्याइयो निषेधाज्ञा

मोरङ । मोरङ जिल्लामा निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जेठ ३१ गतेसम्मका लागि आइतवार निषेधाज्ञा थप गरेका हुन् । यसअघि बैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरिएको थियो । तर, तत्काल निषेधाज्ञा खोल्न नहुँने निष्कर्षसहित मोरङमा छैठौं पटक निषेधाज्ञा थपिएको हो । कोरोनाको दोस्रो लहर सुरु भएपछि त्यसलाई नियन्त्रण गर्न मोरङमा वैशाख १९ गतेदेखि निषेधाज्ञा लगाएक...
कोरोना संक्रमितको छातीमा गाडिएको १२ इन्चको रड निकालियो

कोरोना संक्रमितको छातीमा गाडिएको १२ इन्चको रड निकालियो

सुनसरी । छातीमा १२ इन्चको रड गाडिएका एक कोरोना संक्रमित पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरेर रड निकालिएको छ । झापाका ३८ बर्षीय कोरोना संक्रमित पुरुषको सफलतापूर्वक शल्यक्रिया गरेर छातीमा गाडिएको रड निकालिएको हो । घरको भित्ता प्लास्टर गर्ने क्रममा जेठ ११ गते दिउँसो ६ फिटको उचाइबाट झर्दा उनको छातीको देब्रे कोखामा १२ इन्चको रड छिरेको थियो । सोही साँझ उनलाई उ...
प्रदेश १ मा थपिए ३४९ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ३४९ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, तेह्रथुममा २६, संखुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४/४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा १/१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२३, सुन्दरहरैंचामा २५, बुढीगंगामा २१, बेलबारीमा १३, कानेपोखरी, ...
उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुर । चौदण्डीगढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आज बिहान बेलटार पिडीबासका ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान ७ः ३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला सडकमा विद्युत्को काठको मक्किएको पोल ढलेको र सडकमा विश्वकर्मालाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।
धनकुटामा घरबाटै चोरी भयो मोटरसाइकल

धनकुटामा घरबाटै चोरी भयो मोटरसाइकल

धनकुटा । धनकुटा नगरपालिका–६ पात्लेखोलाबाट मोटरसाइकल चोरी भएको छ । शुक्रबार राती पात्लेखोलास्थित घरबाटै सुजन सुवेदीको को.३२ प ३३२० नम्बरको एफजेड मोटरसाइकल चोरी भएको हो । आँगनमा राखेको मोटरसाइकल राती चोरी भएको सुवेदीले बताए । ‘आँगनमा मोटरसाइकल राखेको थियो । बिहान उठेर हेर्दा त चोरी भइसकेको रहेछ,’ सुवेदीले संगालोखबरसँग भने, ‘आज दिनभर सबैतिर खोजी गर्यौं । तर, कतै फेला परेन ।’ मोटरसाइकल हराएपछि सुव...
सहिदभूमिका ४७ जनाले जिते कोरोना

सहिदभूमिका ४७ जनाले जिते कोरोना

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा हालसम्म ४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएका १४६ जनामध्ये ४७ जनाले कोरोनालाई जितेर संक्रमणमुक्त हुँन सफल भएका हुन् । गाउँपालिकामा हालसम्म पीसीआर बिधिबाट परीक्षण गर्दा १०३ जना र एन्टिजेन विधिवाट परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४७ जना संक्रमणमुक्त भएका छन भने ९९ जना सक्रिय संक्रमित रहेको गाउ...
धनकुटा अस्पतालमा कोरोना संक्रमितका कुरुवा बस्न टागियो टेन्ट, शव पोको पार्ने झोला पनि प्रदान

धनकुटा अस्पतालमा कोरोना संक्रमितका कुरुवा बस्न टागियो टेन्ट, शव पोको पार्ने झोला पनि प्रदान

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा कोरोना संक्रमितका आफन्त बस्नका लागि शनिवार टेन्ट टागिएको छ । नेपाली सेनाको बरख गण सल्लेरी व्यारेक र सशस्त्र प्रहरी बल ६ नम्वर गुल्मले अस्पताल परिषरमा एक/एक वटा टेन्ट टाँगेका हुन् । यसअघि धनकुटाको औद्योगिक ग्रामस्थित आइसोलेशनमा मात्र कोरोना संक्रमित राख्ने गरिएको भएपनि अहिले स्वास्थ्यमा समस्या देखिएका कोरोना संक्रमितहरुलाई जिल्ला अस्पतालमा राखेर उपचार गर्ने गरिएक...
मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ

मोरङ । मोटरसाइकल चोरीमा संलग्न सात जनालाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी १३ का २८ बर्षीय राजेश मेहता, इटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, इटहरी २ का ३९ बर्षीय सुवास लिम्बु, इटहरी ३ का ३० बर्षीय मचिन राई, इटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार छन् । जेठ १२ गते राती मोरङको सुन्दरहरैंचा ४ का मदनकुमार चौधरीको प्र–१–०५–००१ प–००६१ नम्बरक...
झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा स्थानीय ४० बर्षीय डोलु आलम मियाको मृत्यु भएको हो । शुक्रबार बेलुका करिब ६ बजे घटना भएको हो । स्थानीय श्याम भेटवालको घरमा धान काट्न गएका बेला कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्...
संखुवासभामा किरियापुत्री बसेका दम्पतीको आगोमा जलेर मृत्यु

संखुवासभामा किरियापुत्री बसेका दम्पतीको आगोमा जलेर मृत्यु

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परी किरियापुत्री बसेका दम्पतीको मृत्यु भएको छ । गएराती करिब १ बजे घरमा आगलागी हुँदा किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र उनकी श्रीमती ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको हो । एक साता अघि मृत्यु भएका ८४ वर्षीय बुबा कृष्णप्रसादको किरिया गर्न बसेका बेला घरमा आगलागी भएर दम्पतीको मृत्यु भएको संखुवासभाका प्रहरी प्रमुख ...
प्रदेश १ मा थपिए ८५१ कोरोना संक्रमित, ९९३ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ८५१ कोरोना संक्रमित, ९९३ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ८५१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३३९, मोरङमा २५६, सुनसरीमा १९७, उदयपुरमा २७, इलाममा ६, पाँचथर, धनकुटा र भोजपुरमा ४/४, संखुवासभामा २, तह्रथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको मेचीनगरमा १०५, विर्तामोडमा ५६, शिवसताक्षीमा ३८, कनकाईमा २७, अर्जुनधारामा २५, गौरीगञ्जमा ...
वीपीको डेपुटी अस्पताल निर्देशकमा मिश्र नियुक्त

वीपीको डेपुटी अस्पताल निर्देशकमा मिश्र नियुक्त

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा. दिव्यराज मिश्र नियुक्त भएका छन् । प्रतिष्ठानको पम्मोनोलोजी एण्ड स्पिल मेडिसिन विभागमा एसोसिएट प्रोफेसर रहेका डा. मिश्रलाई डेपुटी अस्पताल निर्देशकमा नियुक्त गरिएको हो । प्रतिष्ठानको सो पद यसअघि रिक्त थियो । अस्पताल निर्देशकको सिफारिसमा उपकूलपतिले उनलाई नियुक्त गरेको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोख...
चोरी भएको मोटरसाइकलसहित तीन जना पक्राउ

चोरी भएको मोटरसाइकलसहित तीन जना पक्राउ

सुनसरी । मोटरसाइकल चोरीमा संलग्न तीन जना इटहरीको खनारबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–२ का ४० बर्षीय सुवासचन्द्र राई, इटहरी २० का ३८ बर्षीय बलराम गुरुङ र इटहरी–१३ का २६ बर्षीय राजेश मेहेता छन् । जेष्ठ १२ गते मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बाट गजेन्द्र राईको प्रदेश–१–०५–००१ प.००६१ न.को एनएस २ सय सीसीको मोटरसाईकल हराएको थियो । मोटरसाइकल हराएपछि राईले खोजतलासका लागि प्रहर...
धनकुटामा कोरोना संक्रमित महिलाको मृत्यु

धनकुटामा कोरोना संक्रमित महिलाको मृत्यु

धनकुटा । धनकुटामा बिहिबार एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पाख्रीवास नगरपालिका–१० चुङवाङ्गकी ५५ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि घरमै ‘होम आइसोलेशन’ बसेकी उनको दिउँसो करिब १ बजे मृत्यु भएको पाख्रीवास नगरपालिकाका मेयर बिर्षबहादुर राईले बताए । पीसीआर परीक्षण गर्दा उनमा ८ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि उनी घरमै बसेकी...
प्रदेश १ मा थपिए ७६४ कोरोना संक्रमित, ९८२ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ७६४ कोरोना संक्रमित, ९८२ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७६४ जना संक्रमित थपिएका छन् । सुनसरीमा ३०१, मोरङमा २०२, झापामा १२२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, संखुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, तेह्रथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १३६, धरानमा ९०, बराहक्षेत्रमा ३३, दुहवीमा ११, इनरुवामा ८, गढीमा ५, ...
धनकुटामा चार जनाको पीसीआर परीक्षण गर्दा चारै जनामा कोरोना संक्रमण पुष्टि

धनकुटामा चार जनाको पीसीआर परीक्षण गर्दा चारै जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटा जिल्ला अस्पतालको ल्याबमा बिहिबार चार जनाको पीसीआर परीक्षण गर्दा चारै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई महिला र दुई पुरुषको पीसीआर परीक्षण गर्दा सबैको रिपोट पोजिटिभ आएको हो । पीसीआर परीक्षण संख्याको आधारमा धनकुटामा पहिलो पटक सत प्रतिशत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । छथर जोरपाटी गाउँपालिका–५ र ६ नं. वडाका ३२/३२ बर्षीया महिला, पाख्रीवास नगरपालिका–३ का २८ बर्षीय पु...
प्रदेश प्रमुखले बोलाए बजेट अधिवेशन

प्रदेश प्रमुखले बोलाए बजेट अधिवेशन

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख प्यासीले जेठ २४ गते दिउँसो २ बजेका लागि प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन आह्वान गरेका हुन् । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री शेरधन राईले विपक्षी ...
मोरङको केरावारीमा सिकार खेल्दा साथीको हत्या गरेको अरोपमा थप चार जना पक्राउ

मोरङको केरावारीमा सिकार खेल्दा साथीको हत्या गरेको अरोपमा थप चार जना पक्राउ

मोरङ । सिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको गोली लागेर मोरङको केरावारी गाउँपालिका–३ का हस्तबहादुर राईको मृत्यु भएपछि प्रहरीले सिकार खेल्न गएका थप चार जना युवाहरुलाई पक्राउ गरेको छ । ३२ बर्षीय राईको हत्या आरोपमा प्रहरीले बुधबार ४ थान भरुवा बन्दुकसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–३ का ४४ बर्षीय डिकबहादुर राई, ३६ बर्षीय बुद्धबीर लिम्बु, १९ बर्षीय रामप्रसाद राई र...
उदयपुरमा कोरोनाबाट एक हप्ताभित्र आमा र दुई छोराको मृत्यु

उदयपुरमा कोरोनाबाट एक हप्ताभित्र आमा र दुई छोराको मृत्यु

उदयपुर । कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइँला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो । आज बिहान होम आइसोलेशनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृत्यु भ...
धनकुटा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष घिमिरेलाई पितृशोक

धनकुटा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष घिमिरेलाई पितृशोक

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष एवं हिलेका व्यावसायी उमेश घिमिरेलाई पितृशोक परेको छ । व्यावसायी घिमिरेका वुवा निलबहादुरको ८१ बर्षको उमेरमा आज बिहान निधन भएको हो । परिवार स्रोतका अनुसार उनी करिब १५ दिन अघिदेखि विरामी परेका थिए । सुरुमा ज्वरो आएर सिकिस्त हुँदै गएपछि उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो । उनमा निमोनियाको समस्या देखिएको थियो । पीसीआ...
प्रदेश १ को बर्खे अधिवेशन सोमबार गर्ने निर्णय

प्रदेश १ को बर्खे अधिवेशन सोमबार गर्ने निर्णय

विराटनगर । प्रदेश १ को बर्खे अधिवेशन आगामी सोमबार हुँने भएको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहिबार बिहान बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले सोमबार दिउँसो २ बजे बर्खे अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले जेठ २४ गते प्रदेश सभा भवनमा अधिवेशन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिए । उनका अनुसार मन्...
धनकुटाका तीन जनामा कोरोना

धनकुटाका तीन जनामा कोरोना

धनकुटा । धनकुटाका थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा पाँच जनाको पीसीआर परीक्षण गर्दा दुई महिला र एक पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । पाख्रीवास नगरपालिका–३ का ४९ बर्षीया महिला, पाख्रीवास–८ का १५ महिने नावालक र धनकुटा–५ का ७५ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । धनकुटामा केही दिनयता पीसीआ...
प्रदेश १ मा एकैदिन १ हजार ४२ जना कोरोनामुक्त, ७१८ जनामा संक्रमण

प्रदेश १ मा एकैदिन १ हजार ४२ जना कोरोनामुक्त, ७१८ जनामा संक्रमण

विराटनगर । प्रदेश १ मा आज १,०४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष छन् । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैबीच, प्रदेश १ मा विगत २४ घण्टाको अवधिमा १ हजार ८ सय २ जनाको पीसीआर परीक्षण गर्दा ७१८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमण ...
प्रदेश १ सरकारले प्रदेश आर्थिक कार्यविधि ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने

प्रदेश १ सरकारले प्रदेश आर्थिक कार्यविधि ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने

विराटनगर । कानून बमोजिम तोकिएको समयमा बजेट अधिवेशन आह्वान नगरेको प्रदेश १ सरकारले प्रदेश आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । बुधबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले पूर्वबजेट छलफलको समय घटाउने अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ मा बजेट आउनु १५ दिन अगावै प्रि–बज...
संखुवासभाका कोरोना संक्रमित पुरुषको मृत्यु

संखुवासभाका कोरोना संक्रमित पुरुषको मृत्यु

धरान । संखुवासभाका कोरोना संक्रमित एक पुरुषको आज मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सभापोखरी–३ का ५० बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । उनमा गत बिहिवार कोराना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि उनी शुक्रवार प्रतिष्ठानको कोभिड हस्पिटलमा भर्ना भएका थिए । उपचारकै क्रममा दिउँसो साढे १२ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुर...
कोशी अस्पतालका अहेवमाथि प्रहरीद्वारा कुटपिट, स्वास्थ्यकर्मी आन्दोलित

कोशी अस्पतालका अहेवमाथि प्रहरीद्वारा कुटपिट, स्वास्थ्यकर्मी आन्दोलित

विराटनगर । स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठी चार्ज गरेपछि विराटनगरस्थित कोशी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा बुधबार बिहान अस्पताल परिसरमा उनीहरुले प्रदर्शन गरेका हुन् । कोशी अस्पतालमा डिउटी सकेर घर फर्कदै गर्दा मंगलबार राती देवकोटा चौकमा अस्पतालका पाँचौ तहका सिनियर अहेव अशोक राजबंशीमाथि प्रहरीले कुटपिट गरेको बताइएको छ । डिउटीमा गएर फर्किएका स्वा...
error: Content is protected !!