पाँचथरमा आगलागी हुँदा किरिया बसेका आमा र दुई छोरा घाइते
पाँचथर । पाँचथरको फिदिममा आगलागी हुँदा किरिया बसेका आमा र दुई छोरा घाइते भएका छन् । फिदिम नगरपालिका–४ जोरसालमा आगलागीमा परी ७२ वर्षीया चनमाया सापकोटा, उनका छोरा ४९ वर्षीय दीननाथ र ३२ वर्षीय मदन घाइते भएका हुन् ।
सोमबार राती करिब साढे ८ बजे ग्यास सिलिन्डर लिक भएर आगलागी भएको हो । पानी तताउन ग्यास बालेका बेला सल्किएको आगो निभाउँने क्रममा उनीहरु घाइते भएको पाँचथरका प्रहरी प्रमुख डिएसपी दानबहादुर थाप...
























