संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाका दुई छुट्टा छुट्टै स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–३ र कमल गाउँपालिका–७ मा करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको हो ।

बिहीबार दिउँसो साढे ३ बजे आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा अर्जुनधारा–३ का ८२ बर्षीया गलमाया खड्का घाइते भएकी थिइन् । उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजादै गर्दा उनको मृत्यु भएको हो ।

Advertisement

त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाउँपालिका ७ लालधोन्द्रास्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङको बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भई उपचारका लागि लैजादै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!