- संगालोखबर सम्वाददाता

धनकुटा । वितरक संघ धनकुटाले कोरोना र निषेधाज्ञा प्रभावित परिवारलाई खाद्यान्न प्रदान गरेको छ । उद्योग र खुद्रा व्यापारीको बीचमा वितरक (डिलर) को काम गर्दै आएका व्यावसायीहरुको संस्था वितरक संघले आफ्ना सदस्यहरुबाट रकम संकलन गरी धनकुटाका प्रभावित ३७ परिवारलाई खाद्यान्न प्रदान गरेको हो ।

Advertisement

कोरोना र निषेधाज्ञाबाट प्रभावित गरिब तथा बिपन्न परिवार, रोजगारी गुमाएका मजदुर लगायतलाई सहयोग स्वरुप प्रति परिवार १ हजार ९ सय ५८ रुपैयाँ बराबरको खाद्यान्नसहितका सामाग्री प्रदान गरिएको संघका जिल्ला सचिव उज्वल कट्टेलले जानकारी दिए ।

उनका अनुसार प्रत्यक परिवारलाई २५ किलोको एक बोरा चामल, डेढ किलो दाल, १/१ किलो चिनी र नुन, १ लिटर तेल, २ प्याकेट सोयाविन र एउटा सावुन प्रदान गरिएको छ । धनकुटाको जिरोपइन्ट नजिकको सुकुम्बासी बस्ती, कर्मीटार, पात्लेखोला, मदनचौक लगायत क्षेत्रका गरिब तथा विपन्न परिवारलाई खाद्यान्न प्रदान गरिएको हो ।

वितरक संघका जिल्ला अध्यक्ष कृष्णराज श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष विक्रम प्रद्यान लगायतले कोरोना र निषेधाज्ञा प्रभावितहरुको घर–घरमा पुगेर सामाग्री हस्तान्तरण गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!