- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा शनिवार बिहान एक दम्पती मृत फेला परेका छन् । उदयपुरको रौतामाई घर भई इटहरी बस्दै आएका २५ बर्षीय हेमशेर राई र उनकी श्रीमति २२ बर्षीया शर्मिला स्थानीय पैनीमा मृत फेला परेका हुन् ।

Advertisement

हेमशेर इटहरीस्थित रोयल फर्निचरामा काम गर्दै आएका थिए । पानीमा तैरिरहेको अवस्थामा श्रीमान–श्रीमती मृत फेला परेको इटहरीका प्रहरी प्रमुख डिएसपी अर्जुन केशीले बताए । ‘घर नजिकैको पैनीमा श्रीमान–श्रीमती मृत फेला परेका हुन्,’ डिएसपी केशीले संगालोखबरसँग भने, ‘घरबाट टाँगेर लगेको विद्युतको तार पनि नजिकै भेटिएको छ । घटनाको प्रकृति हेर्दा माछा मार्ने क्रममा करेन्ट लागेको जस्तो देखिन्छ, घटनाको विषयमा थप अनुसन्धान गर्दैछौ ।’

उनीहरुका चार बर्षे नानी छन् । बच्चा बिहान उठेर वुवा–आमालाई खोज्दा नभेटेपछि छिमेकीले खोजी गर्ने क्रममा घरबाट करिब २० मिटर नजिकैको पैनीमा दुवै जनाको शव भेटिएको हो । श्रीमान–श्रीमतिनै मृत फेला परेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!