- संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ५७३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ७४३ जनाको पीसीआर परीक्षण गर्दा २६५ महिला र ३०८ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीमा १६८, मोरङमा १४४, झापामा १२५, उदयपुरमा ५५, संखुवासभामा ४९, धनकुटामा ७, इलाममा ३, तेह्रथुम र भोजपुरमा २/२, पाँचथर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८, धरानमा ५७, बराहक्षेत्रमा ३०, दुहवीमा ७, इनरुवा र स्थानीय तह नखुलेका ४/४, रामधुनी र गढीमा ३/३, देवानगञ्ज र कोशी गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा ८६, बुढीगंगामा १५, लेटाङमा १३, उर्लाबारीमा ७, सुन्दरहरैंचामा ४, पथरीशनिश्चरेमा ३, बेलबारी, कटहरी, रंगेली, जहदा, सुनबर्र्षी र रतुवामाईमा २/२, धनपालथान, केराबारी, कानेपोखरी र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यता, झापाको भद्रपुरमा ३०, दमकमा २९, विर्तामोडमा १८, मेचीनगरमा ११, कनकाईमा १०, शिवसताक्षीमा ६, कमल गाउँपालिकामा ५, अर्जुनधारामा ४, बुद्धशान्ति र कचनकवलमा ३/३, हल्दिबारी र गौरीगञ्जमा २/२ र स्थानीय तह नखुलेका १ उदयपुरको बेलकामा ३९, त्रियुगामा १५, उदयपुरगढीमा १, संखुवासभाको चैनपुरमा २३, खाँदबारीमा २० र पाँचखपनमा ६ जना संक्रमित थपिएका छन् ।

धनकुटाको धनकुटा नगरपालिकामा ३, पाख्रीवासमा २ र साँघरीगढीमा १, इलामको इलाम नगरपालिकामा २, चुलाचुलीमा १, तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १/१, भोजपुरको भोजपुर नगरपालिकामा २, पाँचथरको फाल्गुनन्द र खोटाङको हलेसी तुवाचुङमा १/१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६४ हजार ३९३ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष छन् । मोरङमा सबैभन्दा बढी ४६३ जना संक्रमणमुक्त भएका हुन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४६ हजार ३४१ पुगेको छ भने सक्रिय संक्रमित १७ हजार २५ छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!