- संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ५०७ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६५३ जनाको पीसीआर परीक्षण गर्दा २२४ पुरुष र २८३ जना महिलाको रिपोर्ट पोजिटभ आएको हो । सुनसरीमा १६५, झापामा १३२, मोरङमा ११९, पाँचथरमा ५४, इलाममा ८, धनकुटामा ६, तेह्रथुममा ४, भोजपुर र उदयपुरमा ३/३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६२, धरानमा ३७, इटहरीमा ३४, देवानगञ्जमा १४, दुहवीमा ७, बराहक्षेत्रमा ६, रामधुनीमा ३, गढी र कोशी गाउँपालिकामा १/१ जनामा संक्रमण देदिएको हो । त्यस्तै झापाको दमकमा ३७, भद्रपुरमा २२, विर्तामोडमा २०, अर्जुनधारामा १२, कनकाई र शिवसताक्षीमा ८/८, बाह्रदशीमा ७, गौरीगञ्जमा ५, मेचीनगर, बुद्धशान्ति र कचनकवलमा ३/३, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २/२ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यता, मोरङको विराटनगरमा ६३, उर्लाबारीमा १६, बेलबारी र बुढीगंगामा ७/७, कटहरी र सुन्दरहरैचामा ४/४, केराबारी र रंगेलीमा ३/३, कानेपोखरी र धनपालथानमा २/२, रतुवामाई, सुनबर्षी, जहदा, ग्रामथान र स्थानीय तह नखुलेका १/१ पाँचथरको फिदिममा ५१, हिलिहाङमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका, रोङ र स्थानीय तह नखुलेका २/२, सुर्योदय र माईमा १/१ जना संक्रमित थपिएका छन् ।

त्यस्तैगरी धनकुटाको धनकुटा नगरपालिकामा ३, छथर जोरपाटीमा २ र स्थानीय तह नखुलेका १, तेह्रथुमको म्याङलुङमा ३ र आठराईमा १ , भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका २, उदयपुरको चौदण्डीगढी, उदयपुरगढी र त्रियुगामा १/१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६३ हजार ८२० पुगेको छ । प्रदेश १ मा आज १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष छन् । मोरङबाट सबभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका हुन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८९९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ५८१ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!