- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाका थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शहिदभूमि गाउँपालिका–५ का ६२ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

उनमा जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि १३ गते उनी उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा गएराती सवा ८ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!