- संगालोखबर सम्बाददाता

उदयपुर । उदयपुरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा त्रियुगा–९ राजावाशका ५४ बर्षीय जगदिश पोखरेल छन् । मकै बारी नष्ट गर्न आउने बँदेललाई गएराती पोखरेलले करेन्ट लगाई पक्रन पासो थापेका थिए ।

Advertisement

आज बिहान उक्त पासो निकाल्ने क्रममा उनलाई करेन्ट लागेको हो । करेन्ट लाग्दा घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!