- संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र तेह्रथुममा ४–४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १००, सुन्दरहरैचामा ७६, उर्लाबारीमा २४, पथरीशनिश्चरेमा १९, बेलबारी र बुढीगंगामा १०–१०, मिक्लाजुङमा ५, ग्रामथान, धनपालथान र कटहरीमा ४–४, जहदा, रंगेली, लेटाङ, सुनबर्षी र स्थानीय तह नखुलेको २–२, कानेपोखरी र रतुवामाईमा १–१ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै झापाको भद्रपुरमा ५६, मेचीनगरमा ५१, विर्तामोडमा ४१, दमकमा २९, अर्जुनधारामा २०, शिवसताक्षीमा १३, कनकाई र कमल गाउँपालिकामा ११–११, कचनकवलमा ६, बुद्धशन्तिमा ५, हल्दिबारीमा २, गौरादह, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ७ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

यता, सुनसरीको इटहरीमा ७४, धरानमा ६६, दुहवीमा १०, रामधुनीमा ९, इनरुवामा ८, गढी र बराहक्षेत्रमा ६–६, देवानगञ्जमा ५, भोक्राहानरसिंहमा ४, कोशी गाउँपालिकामा २, बर्जु र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ७, चौदण्डीगढीमा ४, रौतामाई, उदयपुरगढी र बेलकामा १–१ जना संक्रमित भएका छन् ।

त्यस्तैगरी, धनकुटाको धनकुटा नगरपालिकामा ६, छथर, पाख्रीवास, साँघुरीगढी, चौबीसे, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा ४, स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, तेह्रथुमको म्याङलुङमा ३ र फेदापमा १, भोजपुरको भोजपुर नगरपालिकामा २ र हतुवागढीमा १, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६३ हजार ३१३ पुगेको छ । जसमध्ये ४२ हजार ८४१ संक्रमणमुक्त भएका छन् । आज ४६७ जना संक्रमणमुक्त भएको हुन् । सक्रिय संक्रमितको संख्या १९ हजार ८४० छ । प्रदेश १ मा आज २ हजार ५०० जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ३५५ महिला र ४३२ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!