- संगालोखबर सम्वाददाता

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना संक्रमितहरुलाई निःशुल्क खाना खुवाउँन थालेका छन् । नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई डा.शर्माले आफ्नै खर्चमा मंगलबारबाट निःशुल्क खाना खुवाउँन थालेका हुन् ।

Advertisement

नोबेल अस्पतालमा भर्ना भएका सबै कोरोना संक्रमितलाई विहान–वेलुकाको खाना निःशुल्क खुवाउँने घोषणा गरेर डा.शर्माले खाना वितरण थालेका हुन् । ‘कोरोना संक्रमितहरुलाई केही सहयोग पुर्याउँ भनेर हामीले आजबाट निःशुल्क खाना खुवाउँन थालेका छौं,’ डा.शर्माले भने, ‘अस्पतालमा भएका सबै कोरोना संक्रमितलाई असार मसान्तसम्म बिहान बेलुकाको खाना निःशुल्क खुवाउँछौ । सम्भव भयो भने त्यो भन्दा पछि पनि खुवाउँने सोचमा छु ।’

नोबेल अस्पतालमा अहिले १२० जना कोरोना संक्रमित उपचाररत छन् । मंगलबार बिहान सबै संक्रमितलाई निःशुल्क खाना वितरण गरिएको छ । अस्पतालमा भएका सबै संक्रमितलाई हरेक दिन बिहान–बेलुका दाल, भात, तरकारीसहितको खानाको प्याकेट र एक/एक वोतल मिनिरल वाटर वितरण गरिने खाना वितरणमा खटिएकी नोबेल अस्पतालकी डा.बन्दना घिमिरेले जानकारी दिइन् ।

स्वास्थ्य मन्त्रालयसँगको सम्झौता अनुसार नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिदै आएको छ । अब, अस्पताल सञ्चालक एवं समाजसेवी डा.शर्माले आफ्नैतर्फबाट खाना पनि निःशुल्क वितरण गर्न थालेपछि विरामीहरुलाई थप राहत मिलेको छ । डा.शर्मा समाजसेवाका क्षेत्रमा सक्रिय छन् । गतबर्ष उनले मोरङको क्षेत्र नं.३ का बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीका कोरोना प्रभावित जनतालाई राहत वितरण गर्न ४० लाख सहयोग प्रदान गरेका थिए ।

उनले हजारौं विपन्न विरामीलाई निःशुल्क उपचार गराएर ज्यान बचाएका छन् । समस्यामा परेकाहरुलाई डा.शर्माले आर्थिक सहयोग पनि गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!