प्रदेश १ मा थपिए २५५ कोरोना संक्रमित

प्रदेश १ मा थपिए २५५ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४२९ जनाको पीसीआर परीक्षण गर्दा १२६ महिला र १२९ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, तेह्रथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १/१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको सुन्दहरैंचामा २७, क...
विराटनगरमा चार वटा पसल फुटाएर चोर्ने दुई जना पक्राउ

विराटनगरमा चार वटा पसल फुटाएर चोर्ने दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिकाका बिभिन्न स्थानमा चार वटा पसल फुटाएर चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर–११ का २९ बर्षीय संजय भनिने अंगत चौधरी र विराटनगर–६ का ३१ बर्षीय सन्तोष दासलाई पक्राउ गरी प्रहरीले आइतवार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट बिशेष प्रहरी परिचालन गरी उनीहरुलाई आ–आफ्नै घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दासको घरबाट ५५ हजार ७ सय ५० नग...
१८ किलो गाँजा र ७ लाख नगदसहित ६ जना पक्राउ

१८ किलो गाँजा र ७ लाख नगदसहित ६ जना पक्राउ

मोरङ । लागूऔषध गाँजा ओसारपसार तथा बेचबिखनमा संलग्न तीन भारतीय नागरिकसहित छ जना विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–१ का ३२ बर्षीय रुद्र राई, सुनसरीको देवानगन्ज–१ का ४० बर्षीय उमेश यादव र धरान उपमहानगरपालिका–१३ सुम्निमा चोकका ४५ बर्षीय सुर्य राई छन् । त्यस्तै, भारतीय नागरिक भारत अररिया फार्बिजगन्जका १९ बर्षीय सोनुकुमार यादव, अररिया पिर्पाघाट विशनपुरका २८ बर...
मोरङमा पत्रकार र वनको कर्मचारीका नाममा रकम असुली

मोरङमा पत्रकार र वनको कर्मचारीका नाममा रकम असुली

मोरङ । वनको कर्मचारी र पत्रकारको नाममा रकम असुली गर्ने दुई जनालाई प्रहरीले मोरङको रतुवामाईबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–६ जुटबिकासका ५० बर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का ५६ बर्षीय पुष्पप्रसाद सिग्देल छन् । रतुवामाई–१० मा रहेको पूर्णबहादुर श्रेष्ठको माईवेनी स–मिलमा रकम उठाउन आएका बेला विशेष सूचनाका आधारमा शुक्रवार बेलुका ६ बजे ईलाका प्रह...
धनकुटा कांग्रेसको आरोप: जनता मरेको मर्यै, सरकार सत्ता टिकाउँने खेलमा व्यस्त

धनकुटा कांग्रेसको आरोप: जनता मरेको मर्यै, सरकार सत्ता टिकाउँने खेलमा व्यस्त

धनकुटा । नेपाली कांग्रेस धनकुटाले देशका विभिन्न स्थानमा बर्षाका कारण जनधनको ठूलो क्षति भइरहदा सरकार यो विषयमा उदासिन बनेर सत्ता टिकाउँने खेलमा मात्र व्यस्त भएको आरोप लगाएको छ । कांग्रेस जिल्ला कार्यसमिति धनकुटाले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै बाढी, पहिरो, डुवान, कटान लगायत प्राकृतिक प्रकोप प्रभावित प्रति सरकार उदासिन बनेको आरोप लगाएको हो । कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेल र सचिव विज...
धनकुटाको चौविसेमा घर जलेर नष्ट

धनकुटाको चौविसेमा घर जलेर नष्ट

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–१ फेदापजुङ्गको एउटा घरमा आगलागी भएको छ । शुक्रबार साँझ करिब ५ः३० बजे नविन थापा मगरको घरमा आगो लागेको हो । आगलागीबाट मगरको तीन तले घर जलेर नष्ट भएको छ । स्थानीयबासीले पानी छ्यापेर करिब १ घण्टापछि आगो निभाएका छन् । तर, घरमा भएका कुनैपनि सामान जोगाउँन नसकिएको घरधनी मगरले बताए । ‘आगो त बल्लतल्ल निभाइयो । तर, सबै सामान जलेर नष्ट भयो, केही जोगाउँन सकिएन्,’ मगरले सं...
प्रदेश १ मा थपिए २७४ कोरोना संक्रमित, ४६० संक्रमणमुक्त

प्रदेश १ मा थपिए २७४ कोरोना संक्रमित, ४६० संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा २७४ जना कोरोना संक्रमित थपिएका छन् । ९६० जनाको पीसीआर परीक्षण गर्दा १३३ महिला १४१ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन...
स्थापना दिवसमा बृक्षारोपण

स्थापना दिवसमा बृक्षारोपण

मोरङ । नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट बेलबारी नगर समितिले बृक्षारोपण गरेको छ । बेलबारी नगरपालिकाको प्राङ्गणमा फलफुलका बिरुवा रोपेर स्काउटले स्थापना दिवस मनाएको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र उप–प्रमुख ढाका कुमारी पराजुलीले आप, स्ट्रवेरी, अम्बा लगायतका बिरुवा रोपेका छन् । विरुवा रोप्दै स्काउटका संरक्षकसमेत रहेका नगर प्रमुख सुवेदीले स्काउटको कामको प्रशंसा गरे । नगर...
प्रदेश १ मा थपिए ३७१ कोरोना संक्रमित, १७४० संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३७१ कोरोना संक्रमित, १७४० संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३७१ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १७१ जनाको पीसीआर परीक्षण गर्दा १७६ महिला र १९५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा १५२, सुनसरीमा १०२, झापामा ७२, इलाममा७, पाँचथर, तेह्रथुम र भोजपुरमा ५/५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १/१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको वि...
मोरङबाट ब्राउन सुगरसहित चार जना पक्राउ

मोरङबाट ब्राउन सुगरसहित चार जना पक्राउ

मोरङ । मोरङको पथरीशनिश्चरे र कानेपोखरीबाट लागुऔषध ब्राउन सुगरसहित आज चार जना पक्राउ परेका छन् । बिहान साढे ६ बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको हो । पथरी शनिश्चरे–१ सिनेमा हल छेउबाट स्थानीय ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १३ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर र त...
हात्तीसँग सेल्फी खिच्दा गयो ज्यान

हात्तीसँग सेल्फी खिच्दा गयो ज्यान

मोरङ । मोरङको सुनवर्षी नगरपालिका–८ कुरेलीमा आज बिहान सेल्फी खिच्ने क्रममा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । हात्तीसँग सेल्फी खिच्ने क्रममा सोही हात्तीले आक्रमण गर्दा कुरेलीका २१ बर्षीय मनोहर मियाको मृत्यु भएको हो । बिहान सँवा ७ बजे भारतबाट एउटा हात्ती नेपाल प्रबेश गरेको थियो । सोही हात्तीसँग सेल्फी खिच्न मिया हात्तीको नजिकै गएका थिए । नजिक पुगेका बेला हात्तीले उनलाई आक्रमण गरेको हो...
बारीको डिलबाट लडेर मृत्यु

बारीको डिलबाट लडेर मृत्यु

ओखलढुंगा । ओखलढुंगामा बारीको डिलबाट लडेर एक जनाको मृत्यु भएको छ । घर नजिकै बारीको डिलबाट लड्दा सिद्दिचरण नगरपालिका–४ रुम्जाटारका ६७ बर्षीय बीरबहादुर ठटालको मृत्यु भएको हो । बिहिबार बेलुका साढे ६ बजे लडेर बेहोस भएको अवस्थामा परिवारका सदस्यले उनलाई फेला परेका थिए । त्यहाँबाट उठाएर घर पुर्याउँनासाथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
चौबिसे गाउँपालिकाले कोरोना संक्रमित र मृतकका परिवारलाई ३० हजारसम्म दिने

चौबिसे गाउँपालिकाले कोरोना संक्रमित र मृतकका परिवारलाई ३० हजारसम्म दिने

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले कोरोना संक्रमण पुष्टि भएर उपचार गराउँन जाँने बिरामी र संक्रमणका कारण मृत्यु भएका परिवारलाई राहत दिने भएको छ । गाउँपालिकाले कोरोना संक्रमितको उपचार गराउँदा खाना खर्च र मृतकका परिवारलाई मृत्यु संस्कार खर्च दिने भएको हो । गाउँपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने व्यक्ति कोरोना संक्रमित भई अस्पताल जानु पर्ने भएमा प्रति दिन सात सय रुपैयाँका दरले अधिकतम एक महिना...
प्रदेश १ मा थपिए ३९३ कोरोना संक्रमित, १२९९ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३९३ कोरोना संक्रमित, १२९९ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३९३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४२९ जनाको पीसीआर परीक्षण गर्दा १७५ महिला र २१८ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, तेह्रथुममा १३, उदयपुरमा ९, इलाममा ७, संखुवासभा र धनकुटामा ३/३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्...
धनकुटामा खुकुलो पार्दै थपियो निषेधाज्ञा, अब पसल खोल्न पाइने

धनकुटामा खुकुलो पार्दै थपियो निषेधाज्ञा, अब पसल खोल्न पाइने

धनकुटा । धनकुटामा खुकुलो प्रावधानसहित आठ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय बमोजिम प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले असार ११ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेका हुन् । यसअघि बिहिबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको अवधि सकिने दिन बिहिबार प्रमुख जिल्ला अधिकारी दाहालले थप निषेधाज्ञा आदेश जारी गरेका हुन् । प्रशासनले ख...
धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठको निधन

धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठको निधन

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष धर्मलाल श्रेष्ठको निधन भएको छ । धनकुटाको हुलाकटोल निवासी ७९ बर्षीय श्रेष्ठको आज दिउँसो करिब ३ः३० बजे निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ उपचार सम्भव नहुँने भनेर डाक्टरले घर लैजान सुझाव दिएपछि घर फर्काउँदै गर्दा उनको मृत्यु भएको उद्योग बाण...
अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगढाका पर्शुराम चौधरी अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन् । ५० बर्षीय चौधरीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । उनले हतियार लुकाएर राखेको सुचनाको आधारमा गएराती करिब १० बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठा खानतलासी गरेको थियो । खानतलासी गर्दा कोठामा मेड ईन यूएस्ए लेखिएको अटोमेटिक पेस्तोल एक थान र पाँच राउण्ड गोली फेला पर...
धनकुटामा कोरोना संक्रमित महिलाको मृत्यु, आफन्तले नै गरे अन्त्येष्टि

धनकुटामा कोरोना संक्रमित महिलाको मृत्यु, आफन्तले नै गरे अन्त्येष्टि

धनकुटा । धनकुटामा आज थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । होम आइसोलेशनमा रहेकी चौबिसे गाउँपालिका–६ राजारानीकी ५५ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । उनमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । ५/६ दिन अघिदेखि ज्वरो आउने, खोकी लाग्ने र स्वास्प्रश्वासमा समस्या भएपछि एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा उनमा संक्रमण देखिएको थियो । संक्रमण पश्चात होम आइसोलेशनमा रहेकी उनको ...
टिपर भीरबाट खस्दा धनकुटाका भट्टराईको मृत्यु

टिपर भीरबाट खस्दा धनकुटाका भट्टराईको मृत्यु

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका ३ स्थित निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । टिपरबाट ढुंगा अनलोड गर्ने क्रममा वुधवार राती करिब ९ बजे पाथिभरा कन्ट्रक्सनको बा.५ ख १४० नम्बरको टिफर भीरबाट खसेको हो । दुर्घटनामा परी धनकुटाको पाख्रीवास बजारका २२ बर्षीय दिपेश भट्टराईको मृत्यु भएको हो । उनी सोही टिपरमा काम गर्दै आ...
झापामा झगडा पर्दा साथीको हत्या

झापामा झगडा पर्दा साथीको हत्या

झापा । झापाको मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मंगलबार राति हत्या भएको छ। हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए। स्थानीय इँटाभट...
धनकुटामा २ अर्ब २२ करोडको लागतमा १८ वटा पुल बन्ने

धनकुटामा २ अर्ब २२ करोडको लागतमा १८ वटा पुल बन्ने

धनकुटा । २ अर्ब २२ करोडको लागतमा धनकुटाका बिभिन्न स्थानमा १८ वटा पुल निर्माण हुँने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १८ वटा पुल निर्माणका लागि बजेट बिनियोजन गरेको हो । पाँच वटा मोटरेबल पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २ अर्ब १५ करोड र १३ वटा झोलुङ्गेपुल निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रा...
प्रदेश १ मा थपिए ३९४ कोरोना संक्रमित, १२८१ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३९४ कोरोना संक्रमित, १२८१ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३९४ जना कोरोना संक्रमित थपिएका छन् । १ मा आज १ हजार २७३ जनाको पीसीआर परीक्षण गर्दा १८८ महिला र २०६ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १४१, मोरङमा १२५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २/२, पाँचथर र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनु...
चिप्लिएर लड्दा ७८ बर्षीय बृद्धको मृत्यु

चिप्लिएर लड्दा ७८ बर्षीय बृद्धको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आज बिहान पैनीको डिलबाट लडेर एक बृद्धको मृत्यु भएको छ । घर नजिकै पैनीको डिलमा चिप्लिएर लड्दा थुलुङ दुधकोशी–४ क्यामेका ७८ बर्षीय अगम शेर राईको मृत्यु भएको हो । घरबाट हिडेका राईको पैनीको डिलमा लडेर मृत्यु भएको अवस्थामा बिहान करिब ९ बजे शव फेला परेको प्रहरीले जनाएको छ । जानकारी पाएपछि प्रहरी चौकी सुकेपोखरीबाट प्रहरी टोली घटनास्थल गएको छ ।
मोरङमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

मोरङमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

मोरङ । मोरङमा दुई जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया घर भई रतुवामाई नगरपालिका–६ कादुपाडा बस्ने २० वर्षीय मोहमद अझरुदिन छन् । मोहमदले चार र सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि ईलाका प्रहरी कार्यालय सिजुवाले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रोलरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

रोलरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराती सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोलरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक नबलपरासीको गैडाकोट–९ घर भई सुन्दरहरैंचा–८ बस्ने २५ बर्षीय गोकुल भनिने यामबहादुर थापाको मृत्यु भएको हो । राती करिब ८ बजे पूर्वबाट आउँदै गरेको अन टेस्ट रोलरमा सोही दिशाबाट आउँदै गरेको को ३५ प ५९७१ नम्बरको मोटरसाइकल ठोक्किएको हो । दुर्घ...
धनकुटामा ट्रकले किच्यो मोटरसाइकल, चालकले भागेर जोगाए ज्यान

धनकुटामा ट्रकले किच्यो मोटरसाइकल, चालकले भागेर जोगाए ज्यान

धनकुटा । धनकुटा नगरपालिका–६ सल्लेरीस्थित कोशी राजमार्गमा मंगलबार बिहान सवारी दुर्घटना भयो । उकालो सडकमा जाँदै गरेको ट्रक ब्रेक फेल भई पछाडि सरेर मोटरसाइकललाई किचेपनि मोटरसाइकलका चालकले भने भागेर ज्यान जोगाएका छन् । इटहरीबाट सिमेन्ट बोकेर संखुवासभाको चैनपुर जाँदै गरेको को.१ ख ४१५९ नम्बरको ट्रकले पछाडि आउँदै गरेको को.३४ प ८०३० नम्बरको मोटरसाइकललाई किचेको हो । उकालो सडकमा जाँदै गरेको ट्रक पछाडि गु...
प्रदेश १ मा थपिए ३८५ कोरोना संक्रमित, ५५७ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३८५ कोरोना संक्रमित, ५५७ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टको अवधिमा प्रदेश १ मा ३८५ जना कोरोना संक्रमित थपिएका छन् । १ मा आज १ हजार ४३१ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र २२० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १७७, सुनसरीमा ९१, मोरङमा ८०, संखुवासभामा ७, इलाममा ६, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, तेह्रथुम र खोटाङमा १/१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको विर्ताम...
हिड्ने क्रममा चिप्लिएर लड्दा मृत्यु

हिड्ने क्रममा चिप्लिएर लड्दा मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा हिड्ने क्रममा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ । फाकफोकथुम–२ कोलबोटेका ५२ बर्षीय लालबहादुर राईको लडेर मृत्यु भएको हो । सोमबार बेलुका ५ बजे गाँउबाट घर फर्कने क्रममा घर नजिकै उनी चिप्लिएर लडेका थिए । बाटोबाट लडेर करिब ७ मिटर तल खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली घटनास्थल गएको छ ।...
प्रदेश १ मा थपिए ३७९ कोरोना संक्रमित, ३५८ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३७९ कोरोना संक्रमित, ३५८ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३७९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ३९१ जनाको पीसीआर परीक्षण गर्दा १७२ महिला र २०७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १४५, सुनसरीमा ९९, मोरङमा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, तेह्रथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको भद्रपुरमा ४...
प्रदेश १ मा थपिए ३३७ कोरोना संक्रमित, ३०९ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३३७ कोरोना संक्रमित, ३०९ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३३७ जना कोरोना संक्रमित थपिएका छन् । ९२६ जनाको पीसीआर परीक्षण गर्दा १४५ महिला र १९२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४, सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको व...
रुखको हाँगाले लाग्दा एक जनाको मृत्यु

रुखको हाँगाले लाग्दा एक जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७ पानीतारेस्थित बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लाग्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको हेलेसी तुवाचुङ नगरपालिका–८ धितुङका २२ बर्षीय सरोज राई छन् । सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिएपछि दिउँसो साढे १२ बजे रुख काट्न गएका राईलाई हाँगाले टाउकोमा लागेको थियो । रुखको हाँगाले लाग्दा घटनास्थलमै उनको मृत्यु ...
error: Content is protected !!