छथर जोरपाटीको ९ औं गाउँसभा: कृषि, शिक्षा, पर्यटन र पूर्वाधारलाई प्राथमिकता
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट विनियोजनका लागि नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाले आईतबार ९ औं गाउँसभाबाट ६३ वटा नीति तथा कार्यक्रम पारित गरेको हो ।
गाउँपालिकाको ‘शिक्षा, कृषि, पर्यटन र पूर्वाधार छथर जोरपाटीको समृद्धि’ भन्ने नारामा आधारित रहेर नीति तथा कार्यक्रम तयार गरेको छ । गाउँपालिकाले ‘आर्थिक बिकासका लागि छथर जोरपाटीको जन र मन गाउँ...

























