प्रदेश १ मा थपिए ३१२ कोरोना संक्रमित, ७९२ संक्रमणमुक्त
विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३१२ जना कोरोना संक्रमित थपिएका छन् । ८०३ जनाको पीसीआर परीक्षण गर्दा ११८ महिला र १९४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९, उदयपुरमा ५, पाँचथरमा ३, संखुवासभामा २, तेह्रथुम, इलाम, धनकुटामा १/१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको सुन्दरह...



























