उदयपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु

उदयपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु

  उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय बेल्टारस्थित मदनचोकका–६५ बर्षीय गुमशेर राई छन् । शनिबार दिउँसो १२ बजे सोही स्थानमा रहेको द्दवार खोला तर्ने क्रममा बगाउँदा राई बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय बेल्टारबाट टोली खटिएको थियो । प्रहरीले खोजतालस गर्ने क्रममा बगाएको ठाउँबाट करिव २०० मिटर दक...
इलाम माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

इलाम माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

इलाम । इलाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । माङसेबुङ गाँउपालिका–५ का ४२ बर्षीय प्रविन राईको करेन्ट लागेर मृत्यु भएको हो । शनिबार साँझ ७ बजे राईले माई नगरपालिका–४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडेर गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा उनी गम्भिर घाइते भएका थिए । उपचारका लागि लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
धरानबाट प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

धरानबाट प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट प्रतिबन्धित औषधीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको अग्नीसर कृष्णसरवन–४ घर भई धरान–११ नगरकोटमा डेरा गरी बस्ने २० बर्षीय सत्यम दास छन् । बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले दासलाई पक्राउ गरेको हो । उनको कोठामा लुकाइ राखेको अवस्थामा प्रहरीले प्रतिबन्धित औषधी सेटाडोल–५० ३९० क्याप्सुल र स्पास्पेन ३९० क्याप्सुल फेला पारेको हो ...
प्रदेश १ मा थपिए २७१ कोरोना संक्रमित, ५८० संक्रमणमुक्त

प्रदेश १ मा थपिए २७१ कोरोना संक्रमित, ५८० संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा २७१ जना कोरोना संक्रमित थपिएका छन् । ५७५ जनाको पीसीआर परीक्षण गर्दा ११४ महिला र १५७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, तेह्रथुममा ४, इलाम र संखुवासभामा ३/३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७२, बराह...
बेलबारीमा श्रीमानद्वारा श्रीमतीको हत्या

बेलबारीमा श्रीमानद्वारा श्रीमतीको हत्या

मोरङ । मोरङको बेलबारीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बेलबारी–७ का ५६ बर्षीय अम्बिका घिमिरेले उनकी श्रीमती ४८ बर्षीय सीता घिमिरेको हत्या गरेका हुन् । शुक्रबार बेलुका अम्बिका मादक पदार्थ सेवन गरेर घर गएका थिए । घरमा राती श्रीमतीसँग सामान्य विवाद भएको थियो । त्यसपछि दुबै जना सुतेका थिए तर राती एक्कासी आवेसमा आई उनले काठको मुङ्ग्रोले निधाई रहेकी सीताको बाँया कन्चटमा चार/पाँच पटक प्रहार गरे...
पकेट क्षेत्रका किसानलाई कृषि सामाग्री वितरण

पकेट क्षेत्रका किसानलाई कृषि सामाग्री वितरण

मोरङ । मोरङको बेलबारी नगरपालिकाले कृषी पकेट क्षेत्रका किसानहरुलाई कृषि सामाग्री प्रदान गरेको छ । पकेट विकास कार्यक्रम (प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना) अन्तर्गत ५० प्रतिशत अनुदानमा सामाग्री प्रदान गरिएको हो । सो कार्यक्रम अन्तरगत वडा नम्बर ५ मा धान बाली पकेट क्षेत्र ८ नम्बर वडामा तरकारी र ११ नम्बर वडामा बंगुर पकेट क्षेत्रका रुपमा विकास भइरहेको कृषि बिकास शाखाका प्रमुख बिनोद दाहालले बताए ।...
अविरल बर्षाका कारण घर भत्किदा एक बालकको मृत्यु, दुई जना घाइते

अविरल बर्षाका कारण घर भत्किदा एक बालकको मृत्यु, दुई जना घाइते

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ नमुनाभञ्ज्याङ घर भत्किदा एक बालकको मृत्यु भएको छ । दुई जना घाइते छन् । स्थानीय मन कुमार सार्कीको खाली रहेको पुरानो घर भत्किदा घरभित्र खेलिरहेका एक बालकको मृत्यु भएको हो । अविरल बर्षाका कारण घर भत्किदा घरले पुरेर स्थानीय १४ बर्षीय राजकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । १० बर्षीय मिलन सार्की र लुने सार्की घाइते भएका छन् । ...
वडाध्यक्षले इँटाले हान्दा स्थानीय घाइते

वडाध्यक्षले इँटाले हान्दा स्थानीय घाइते

झापा । झापाको मेचीनगर नगरपालिका-१३ का वडाध्यक्ष कृष्णराज सिग्देलको आक्रमणमा परी एक स्थानीय गम्भीर घाइते भएका छन् । सडकमा ढल बनाउने विषयमा विवाद हुँदा सिग्देलले स्थानीय अर्जुन थेवेको टाउकोमा इँटा प्रहार गरेका थिए । थेवेको चारआलीस्थित मनकामना अस्पतालमा प्राथमिक उपचार पश्चात बिएण्डसी हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते थेवेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त...
वीरता जेसीजद्वारा धनकुटाको जेसीज गाउँमा राहत वितरण

वीरता जेसीजद्वारा धनकुटाको जेसीज गाउँमा राहत वितरण

धनकुटा । वीरता जेसीज बिर्तामोडले धनकुटा नगरपालिका–६ स्थित जेसीज गाउँका २२ घर परिवारलाई राहत तथा शैक्षिक सामग्री प्रदान गरेको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने कुरालाई आत्मसात गरी विश्ववन्धुत्वको भावना बढाउन वीरता जेसीजले धनकुटा लेडी जेसीजको समन्वयमा राहत प्रदान गरेको हो । अति विपन्न २२ परिवारलाई एक/एक बोरा चामल तथा उक्त परिवारका बालबालिकाको लागि कापी प्रदान गरिएको हो । कोभिड ...
११ महिना बित्दा पनि कोरोना बिमाको रकम नपाएको भन्दै विराटनगरका पत्रकारले बुझाए ज्ञापनपत्र

११ महिना बित्दा पनि कोरोना बिमाको रकम नपाएको भन्दै विराटनगरका पत्रकारले बुझाए ज्ञापनपत्र

विराटनगर । कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् । बिमाबाट रकम नपाएका १९ जना पत्रकारहरुको टोलीले विराटनगरस्थित अजोड इन्सुरेन्स लिमिटेडका प्रबन्धक केदारबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले संक्रमित भई बीमा दाबी गरेको एक महिनाभित्र भुक्तानी दिने भनि गरेको प्रतिवद्धता विपरीत १...
भोजपुरमा घरमै राखेको मोटरसाइकल आगो लगाउँने दुई जना पक्राउ

भोजपुरमा घरमै राखेको मोटरसाइकल आगो लगाउँने दुई जना पक्राउ

भोजपुर । भोजपुरमा घरको आँगनमा राखेको मोटरसाइकल आगजनि गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–९ का ३३ बर्षीय लाक्पा शेर्पा र भोजपुर–१० धापखर्कका ३० बर्षीय पासाङ शेर्पा छन् । भोजपुर–९ स्थित पानीटंकीका २५ बर्षीय सञ्जु तामाङको वा ८४ प ५२१४ नंम्बरको मोटरसाइकल आँगनमा राखेको अवस्थामा बिहिबार बिहान करिव ४ बजे आगजनि भएको थियो । उक्त मोटरसाइकल आगजनि गरी फरार भएको सूचना पा...
सहिदभूमिका कृषकलाई बिउ विजन, टंकी र पाईप प्रदान

सहिदभूमिका कृषकलाई बिउ विजन, टंकी र पाईप प्रदान

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको वडा नम्बर ६ का ३ वटा कृषक समूहलाई ८ लाख बराबरको बिउ विजन तथा सिँचाइका लागि टंकी तथा पाईप वितरण गरिएको छ । वडा नं ६ का वडाध्यक्ष हेम कुमार राईले एक कार्यक्रका बिच गाउँपालिकाको अर्थिक वर्ष २०७७/७८ को तरकारी बाली पकेट कार्यक्रम कृषि समूहलाई बिउ विजन तथा सिँचाइका लागि पाईप वितरण गरेका हुन् । वडा नंम्बर ३ का संयुक्त कृषि तथा पशुपन्छी कृषक समूहलाई हिल टंकी ५ सय...
पाख्रीबास ४ का वडाध्यक्ष निरौलाले प्रहरीसमक्ष दिए गिरफ्तारी, रिहाइको माग गर्दै प्रदर्शन

पाख्रीबास ४ का वडाध्यक्ष निरौलाले प्रहरीसमक्ष दिए गिरफ्तारी, रिहाइको माग गर्दै प्रदर्शन

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नंम्बर ४ का वडाध्यक्ष सोबित निरौलाले प्रहरीसमक्ष गिरफ्तारी दिएका छन् । पाख्रीबास नगरपालिकाको आठौं नगरसभामा तोडफोड भएको घटनामा वडाध्यक्ष निरौलासहित १५ जनाविरुद्ध प्रहरीमा उजुरी परेपछि उनले बिहिबार प्रहरीसमक्ष गिरफ्तारी दिएका हुन् । राजनीतिक पूर्वाग्रहका आधारमा बजेटको सिलिङ तोकिएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल पक्ष ...
प्रदेश १ मा थपिए ४७८ कोरोना संक्रमित, ५५५ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ४७८ कोरोना संक्रमित, ५५५ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४७८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ३५९ जनाको पीसीआर परीक्षण गर्दा २०८ महिला र २७० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६/६, तेह्रथुममा ३, संखुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...
पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिका–३ माङलेबुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् । बुधबार साँझ ५ बजे जस्तापाता र खाद्यान्न बोकेर माङलेवुङबाट मेमेङतर्फ जाँदै गरेको मे १ त ६५७७ नम्बरको ट्याक्टर सडकबाट करिव ३० मिटर तल झर्दा दुर्घटना भएको हो । दुर्घटनामा परी स्थानीय ५४ बर्षीया लक्ष्मी बिष्टको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक स्थानीय ४० बर्षीय अक्कल बहादुर...
झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको कमल गाँउपालिका–३ केर्खा बजारबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१५ का २० बर्षीय सुवास मेचे र मेचीनगर–१० का २५ बर्षीय सुरज लामिछाने छन् । बुधबार साँझ विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको टोलीले टेम्पु चढरे आउदै गरेका सुवास र सुरजलाई लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथब...
उदयपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

उदयपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हँनेमा बेलका नगरपालिका–२ रामनगरका ४० बर्षीय कमल यादव छन् । गएराती जंगली हात्ती रामनगर वस्तिमा पसेको थियो । बस्तिमा पसेको हात्ती धपाउने क्रममा यादवलाई हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि प्रहरी चौकी भागलपुरबाट सहायक प्रहरी निरीक्षकको टोली र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट ...
धनकुटाका चार दलद्वारा जिल्ला प्रशासनमा धर्ना

धनकुटाका चार दलद्वारा जिल्ला प्रशासनमा धर्ना

धनकुटा । पाख्रीवास नगरपालिकाको नगरसभामा भएको हुलदंगा र तोडफोड घटनाको विषयमा सत्ता पक्षको दवावका कारण प्रहरीले आफ्ना कार्यकर्तालाई मुद्दा दर्ता गरेर धरपकड गर्न खोजेको भन्दै विपक्षी गठबन्धनले बुधबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव समूह र जनता समाजवादी पार्टी सम्बद्ध नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर आफ्ना कार...
धनकुटाका सञ्चारकर्मीलाई कोरोना बिमा दावी भुक्तानी

धनकुटाका सञ्चारकर्मीलाई कोरोना बिमा दावी भुक्तानी

धनकुटा । एनएलजी इन्स्योरेन्स कम्पनीले कोरोना संक्रमण पुष्टि भएका धनकुटाका एक सञ्चारकर्मीलाई वुधबार कोरोना विमा दावी भुक्तानी गरेको छ । रेडियो भेडेटारमा कार्यरत प्राविधिक सुनिता राईलाई कोरोना विमा वापत एक लाख नगद प्रदान गरिएको हो । प्राविधिक राईलाई यसअघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण मुक्त भएपछि एक कार्यक्रमको आयोजना गरी उनलाई विमा दावी भुक्तानी गरिएको हो । कार्यक्रममा जनज्योति बचत त...
बर्षा भैरबदेबी सहकारीको अध्यक्षमा बुढाथोकी

बर्षा भैरबदेबी सहकारीको अध्यक्षमा बुढाथोकी

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं १ स्थित बर्षा भैरबदेबी सहकारी संस्थाको अध्यक्षमा जयबहादुर बुढाथोकी चयन भएका छन् । मंगलबार सम्पन्न सहकारीको नवौं साधारणसभाले बुढाथोकीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सहकारीको उपाध्यक्षमा खेमराज चापागाईं र कोषाध्यक्षमा तारा बानियाँ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बिमला मग्रान्ति, फणिन्द्र आचार्य, पवित्रा खत्री र तर्कबहादुर पाण्...
प्रदेश १ मा थपिए ३६८ कोरोना संक्रमित, ७१७ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३६८ कोरोना संक्रमित, ७१७ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३६८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०२ जनाको पीसीआर परीक्षण गर्दा १९९ महिला र १६९ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, संखुवासभा र भोजपुरमा १/१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४७, ...
ब्राउनसुगर र ट्याब्लेटसहित तीन जना पक्राउ

ब्राउनसुगर र ट्याब्लेटसहित तीन जना पक्राउ

विराटनगर । झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको टोलीले मंगलवार साँझ ६ बजे दमक नगरपालिका–५ घर भई शिवसताक्षी नगरपालिका–९ बस्ने २२ बर्षीय निगम लिम्बुलाई ट्याब्लेटसहित पक्राउ गरेको हो । मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार लिम्बुलाई रोकेर चेकजाँच गर्ने क्रममा उनको साथबाट डाईजेपाम ९९...
प्रदेश १ मा थपिए ४२९ कोरोना संक्रमित, ४६३ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ४२९ कोरोना संक्रमित, ४६३ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४२९ जना कोरोना संक्रमित थपिएका छन् । १ मा आज १ हजार २९८ जनाको पीसीआर परीक्षण गर्दा २०४ महिला र २२५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, संखुवासभा, भोजपुर र खोटाङमा २/२, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ...
ब्राउनसुगर कारोबारमा संलग्न चार जना नगदसहित पक्राउ

ब्राउनसुगर कारोबारमा संलग्न चार जना नगदसहित पक्राउ

झापा । झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह–५ वालुवथानका २६ बर्षीय विवेक लिम्वु, २२ बर्षीय शौरभ राई, ईलामको चुलाचुली–४ घर भई दमक–५ बस्ने ३१ बर्षीय बिक्रम राई र ३७ बर्षीय जेम्स भनिने खगेन्द्र सावा छन् । सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक–६ थानारोडमा चेकजाँच गर्ने क्रममा विवेक र शौरभलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेक...
मोरङमा एटीएम तोडफोड गर्ने दुई जना पक्राउ

मोरङमा एटीएम तोडफोड गर्ने दुई जना पक्राउ

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारीमा आज एटीएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–९ का २४ बर्षीय मोहम्मद ईम्तियाज र २५ बर्षीय मोहम्मद अनिष हुसेन छन् । टंकिसिनवारीस्थित एनआइसी एसिया बैंकको एटीएम बुथमा बिहान पौने ३ बजे तोडफोड गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बिभिन्न हाते औजारह...
उदयपुरबाट गाँजासहित भोजपुरकी युवती पक्राउ

उदयपुरबाट गाँजासहित भोजपुरकी युवती पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट एक किलोग्राम गाँजासहित एक जना किसोरी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भोजपुरको हतुवागढी–४ की १९ बर्षीया सुजता मग्राती छिन् । आइतबार साँझ अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको टोलीले दक्षिणतर्फ जाँदै गरेको बोलेरो पिकअपमा चेकजाँच गरेको थियो । सोही क्रममा पिकअपमा सवार सुजताले जेब्रा झोलामा लुकाइ राखेको अवस्थामा गाँजा बरामद भएको हो । पक्राउ परेकी मग्रातीक...
प्रदेश १ मा थपिए ३३९ कोरोना संक्रमित, ९३७ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३३९ कोरोना संक्रमित, ९३७ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३३९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा १५४ महिला र १८५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा ११२, सुनसरीमा ९७, झापामा ८१, उदयपुरमा १०, संखुवासभामा ८, इलाममा ६, भोजपुरमा ३, धनकुटामा २, ताप्लेजुङ, खोटाङ र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालका मोर...
झापाबाट मोटरसाइकल चोरेर मोरङ पुर्याउँने दुई जना पक्राउ

झापाबाट मोटरसाइकल चोरेर मोरङ पुर्याउँने दुई जना पक्राउ

झापा । झापाबाट मोटरसाइकल चोरी गरेर मोरङको मधुमल्लातर्फ पुर्याएका दुई जनालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका– ६ का १९ वर्षीय मिलन कार्की र मिक्लाजुङ–९ का होमराज कन्दङ्वा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मधुमल्ला बजार नजिकैबाट हुलियाका आधारमा चोरीमा संलग्न दुवैलाई शनिबार इलाका प्रहरी कार्यालय मधुमल्लाको टोलीले नियन्त्रणमा लिएको ह...
सुनसरीमा सवारी दुर्घटनाः तीन जनाको मृत्यु, दुई घाइते

सुनसरीमा सवारी दुर्घटनाः तीन जनाको मृत्यु, दुई घाइते

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ नङ्खुटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान हायसले पिकअप र मोटरसाइकल ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । आज बिहान पौने ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायसले बिपरित दिशाबाट आउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअपलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको डाक्न...
धनकुटाको मुलघाट नजिक स्वास्थ्य कार्यालय र सेनाको गाडी जुध्यो

धनकुटाको मुलघाट नजिक स्वास्थ्य कार्यालय र सेनाको गाडी जुध्यो

धनकुटा । धनकुटा नगरपालिका–९ स्थित मुलघाट नजिक आज बिहान सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिहान करिव १० बजे हिलेबाट इटहरीतर्फ जाँदै गरेको नेपाली सेनाको दुई नम्बर बाहिनी अड्डा हिलेको प्र.३–३०१ ००१ ग ३७१९ नम्बरको गाडी र विपरित दिशाबाट आउँदै गरेको स्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ७८१२ नम्बरको गाडी आपसमा जुधेका हुन् । आपसमा ठक्कर खाँदा सेनाको गाडी सडकबाट करिव ३० मिटर तल खसेको छ । दुर्घटन...
संखुवासभामा रूखबाट लड्दा एक जनाको मृत्यु

संखुवासभामा रूखबाट लड्दा एक जनाको मृत्यु

संखुवासभा । संखुवासभामा रुखबाट लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा पाँचखपन नगरपालिका–६ माथिल्लो स्वाङगेका ६५ बर्षीय लिला बहादुर कटुवाल छन् । शनिवार बेलुका साढे ६ बजे घर नजिकै बारीमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा उनी लडेका थिए । रुखबाट लड्दा उनी गंभीर घाइते भएका थिए । उपचारका लागि वाना प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउने बित्तिकै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले...
error: Content is protected !!