संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको सुन्दरहरैँचाको एक सुनचाँदी पसलमा बन्दुक देखाएर लुटपाट गर्न खोज्ने पाँच जनाको समूहलाई प्रहरीले १२ दिनपछि पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका १० विराट चोकमा खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्स सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्नेहरुलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेकाहरुको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरुलाई मोरङ प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजानिक गर्ने जनाएको छ । थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मास्क लगाएर आएको समूहले गत साउन १ गते दिउँसो लुटपाट प्रयास गरेको थियो । पक्राउ परेकाहरुको साथबाट अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी (मेसिनगन), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल तथा ७० राउण्ड विभिन्न हतियारका गोली बरामद भएको प्रहरीले जनाएको छ ।

लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय बासिन्दालाई हतियार देखाएर सो समूह भागेको थियो । लुटपाट गर्न खोजिएको दृष्य सुनचाँदी पसलमा रहेको सिसी क्यामेरामा कैद भएको थियो । पक्राउ परेकाहरुको साथबाट बरामद भएको एसएमजी नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको विशेष टोलीले मात्रै बोक्न पाउने हतियार भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!