- संगालोखबर सम्वाददाता

 

सांकेतिक तस्बीर

संखुवासभा । संखुवासभामा स्वास्थ्य चौकीको सामान सार्ने क्रममा भीरबाट लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सिलिचोङ गाउँपालिका–१ केवाडाँडाका २१ बर्षीय दिनेश राई छन् ।

Advertisement

सोही स्थानमा निर्मित स्वास्थ्य चौकीको सामान सार्ने क्रममा शनिवार दिउँसो उनी भीरबाट लडेका थिए । साँघुरो बाटोमा काठको टेवल बोकेर जाँदै गर्दा उनी सडकबाट करिव २०० मिटर तल खसेका हुन् । सडकबाट सिसुवा खोलाको दहमा खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट टोली घटनास्थल गएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!