- संगालोखबर सम्बाददाता

विराटनगर । पर्यटकहरुलाई आकर्षित गर्ने नाममा तीन तहका सरकारले महत्व दिएर भ्यूटावर निर्माणका लागि बजेट बिनियोजन गर्ने गरेका छन् । तराइका जिल्लामा पछिल्लो समय भ्यूटावर बनाउने होडबाजीनै चलिरहेको छ ।

Advertisement

मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ३ को रमितेमा १ करोड भन्दा वढि लागतमा निर्माण गर्न लागिएको भ्यूटावारको ४ तला निर्माण गर्दा ५२ लाख खर्च भइसकेको छ । उक्त भ्यूटावार निर्माण गर्न वडा कार्यालयको २० लाख, प्रदेश १ सरकारको २० लाख, निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० लाख र तत्कालिन टाडि गाविस हुँदाको २ लाख रुपैयाँ खर्च भइसकेको मिक्लाजुङ गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष खगेन्द्र मादेनले बताए । मनोरम दृष्यावलोकनका लागि भ्यूटावर निर्माण गरिने भएपनि त्यहाँ निर्माण भइरहेको भ्यूटावबाट त्यस्तो दृष्य देखिदैन ।

त्यहाँबाट मनोरम भन्दा पनि खोला उत्खन्न भइरहेको, निर्माणमा ढिलाइ भएको पुल र खानेपानी थाप्न लाइनमा बसेकाहरुको कारुणीक दृष्य देखिन्छ । जंगलमा निर्माण गरिएको भ्यूटावरबाट मनोरम दृष्य भन्दा पनि बाख्रा चरनको दृृष्य देखिने भ्यूटावरको चार तलामा भेटिएका एक स्थानीयले बताए । भ्यूटावार निर्माण भएकै क्षेत्रका जनता भने हिउँद लागेपछि पेटभरी खानेपानीसमेत पाउदैनन् । ‘हिउँद सुरु भएपछि हाम्रा दुःखका दिन सुरु हुन्छन्,’ स्थानीय लक्की खड्का भन्छिन्, ‘धारामा चै हैन, चुनावी नारामा मात्र खानेपानी आउँने भयो, जंगलमा भ्यूटावर बनाउँन पैसा खर्चिएको अर्थ छैन ।’

भ्यूटावरमा लगानी गर्ने जनप्रतिनिधिहरुले पर्यटन प्रवद्र्धनका बिषयमा सोच्न भ्याएपनि जनताको समस्यामा भने खासै चासो नदिएको स्थानीयबासीको गुनासो छ । बेलबारी नगरपालिका वडा नम्बर २ मा निर्वतमान पर्यटन मन्त्री भानुभक्त ढकालको पहलमा भ्यूटावर निर्माण भइरहेको छ । चालु आथिक बर्षमा ६० लाख रुपैयाँ बजेट मन्त्रालयले बिनियोजन गरेर निर्माणको काम भइरहेको छ । अगामी आर्थिक बर्षका लागि १ करोड रुपैयाँ बजेट बिनियोजन मन्त्रालयले गरेको छ । केरावारी गाँउपालिका वडा न २ को सिंहदेविमा ११ सय मिटरको उचाईमा भ्यूटावर बनेको छ ।

समथर भूभाग भएकाले तराइका जिल्लामा भ्यूटावर निर्माण गर्नु उचित नहुने जाकारहरु बताउँछन् । कुन क्षेत्रमा लगानी गर्ने भन्ने उपयुक्त योजना नहुँदासम्म बिनाउत्पादक क्षेत्रमा लगानी बढ्ने गरेको पर्यटन क्षेत्रका जानकार रामचन्द्र अधिकारीको भनाई छ । पर्यटन प्रवद्र्धन गर्न तीन वटै तहका सरकारले भ्यूटावर नभई नयाँ योजनामा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!