संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–५ स्थित पञ्चेमा आइतवार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट भोजपुर जाँदै गरेको प्रदेश १–०१ ००१ ख ३४२९ नम्बरको बस दिउँसो करिब १ बजे सडकमा पल्टिएको हो ।

Advertisement

दुर्घटनामा घाइते भएका यात्रुहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । केही घाइतेको पाख्रीवासस्थित स्वास्थ्य चौकी र धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बस सडकमै पल्टिएको छ । ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।

घाइतेहरुको नामावली :

१. मोरङ पथरीशनिश्चरे–४ का १८ बर्षीया सुजता खड्का
२. भोजपुर रामप्रसाद राई गाउँपालिकाका २६ बर्षीय कोतिलक खडका
३. भोजपुर ट्याम्केमयुङ गाउँपालिका–७ का १८ बर्षीय एकसन राई
४. भोजपुरको अरुण गाउँपालिका–७ की १८ बर्षीया ममता बराईली
५. भोजपुरको भोजपुर नगरपालिका–२ का १६ बर्षीय भरत विष्ट
६. झापाको विर्तामोड नगरपालिका–११ का १५ बर्षीय बिजय रसाईली
७. धनकुटाको महालक्ष्मी नगरपालिका–६ का १२ बर्षीय अर्जुन वि.क.
८. भोजपुर गुप्तेश्वरका २६ बर्षीय कोबिर बहादुर बिक
९. बस चालक झापाको चेचिनगर नगरपालिका–६ का ४३ बर्षीय रमेश थापा
१०. सह–चालक झापाको अर्जुनधारा नगरपालिका–११ का ३५ बर्षीय जित बहादुर तामाङ
११. सह–चालक झापाको मेचिनगर नगरपालिका–६ का २० बर्षीय सुजन अधीकारी
१२. धनकुटाको महालक्ष्मी नगरपालिकाका सविना भण्डारी
१३. झापाको चेचिनगर नगरपालिका–७ का ३१ बर्षीय रोशन मेचे
१४. धनकुटाको पाख्रीवास नगरपालिका–५ का ३१ बर्षीया कुमारी भुजेल
१५. धनकुटाको महालक्ष्मी नगरपालिका–३ का सुरेन्द्र पांचकोटी
१६. भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–३ का ४० बर्षीया पवित्रा राई
१७. झापाको कमल गाउँपालिका–५ का पवित्रा शाक्य
१८. झापाको कमल गाउँपालिकाका ५७ बर्षीय उमेश शाक्य
१९. झापाको विर्तामोड नगरपालिका–५ का ५३ बर्षीय मुरारी फुईयाल
२०. झापाको मेचिनगर नगरपालिका–६ का फुलमाया तामाङ
२१. भोजपुरको चौदन्डीगढी गाउँपालिकाका २४ बर्षीया नबिना रसाईली
२२. झापाको मेचिनगर नगरपालिका–६ का विमला तामाङ
२३. धनकुटाको महालक्ष्मी नगरपालिकाकी ७० बर्षीया कृष्णमाया भण्डारी
२४. झापाको हल्दीवारीका ४३ बर्षीय फुर्वा तामाङ
२५.भोजपुरको अरुण गाउँपालिका–६ का सल बहादुर बि.क.

भिडियो हेर्नुहोस्…

थप तस्वीरहरु…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!