संगालोखबर सम्वाददाता

विराटनगर । कोरोनाविरुद्धको खोपमा मनोमानी गरेको भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीविरुद्ध आज युवाहरुले प्रदर्शन गरेका छन् । गएराती कोरोनाविरुद्धको खोप बोकेर नेपाली कांग्रेसका कार्यकर्ताको घर पुगेपछि मेयर पराजुलीविरुद्ध युवाहरुले दिउँसो महानगरपालिकाको गेट अगाडि प्रदर्शन गरेका हुन् ।

Advertisement

नेकपा माओवादी केन्द्र निकट आईसीएल मोरङको अगुवाईमा युवाहरुले नारावाजी गर्दै मेयर पराजुलीविरुद्ध प्रदर्शन गरेका छन् । ‘राति–राति खोप दिन पाइदैन, क्रियासिललाई खोप दिन पाइदैन, जनता खोपको वेटिङ्गमा, मेयरसाप सेटिङमा, मेयर पराजुली मुर्दावाद जस्ता नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका छन् । बुधबार राती खोपसहित विराटनगर–५ निवासी कांग्रेस बुथ समिति सभापति बिमलराज भण्डारीको घरमा पुगेर मेयर पराजुलीले कार्यकर्तालाई खोप लगाउँने व्यवस्था मिलाएका थिए । खोपका लागि कांग्रेस निकट कार्यकर्तालाई मात्र खबर गरिएको स्थानीयबासीको आरोप छ ।

गुपचुप रुपमा निकटलाई मात्र खोप दिएको सूचनापछि सो क्षेत्रमा ठुलो भिड जम्मा भएको थियो । आक्रोशित स्थानीयले मेयर पराजुलीलाई लखेटेका थिए । स्थानीयको विरोधपछि मेयर पराजुली दौडदै कांग्रेस नगर उपसभापति प्रविण जोसीको गाडी चढेर त्यहाँबाट भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । भन्सार एजेन्टसमेत रहेका जोसीको गाडी बसेर मेयर पराजुली भाग्ने क्रममा आक्रोशित स्थानीयले ढुङ्गा प्रहार गरेका थिए । महानगरको अविभावकबाट भएको हर्कत नसच्याए आन्दोलन गर्ने वाइसियलका विराटनगर महानगर इन्चार्ज आजम प्रबेशले चेतावनी दिए ।

यता मेयर पराजुलीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएको छैन । पटक–पटक फोन सम्पर्क गर्दा पनि उनले फोन उठाएका छैनन् । मेयर पराजुलीका प्रेश सल्लाहकार कौशल निरौलाले भने कांग्रेशको अधिबेशन नजिकिएकाले मेयरबिरुद्ध झुटो प्रचार गरिएको प्रतिक्रिया दिए । १२ र १३ गते बिराटनगरमा लगाइएको खोपसमेत तोकिएको उमेर समूहलाई नभई आफन्तहरुलाई लगाईएको आरोप मेयर पराजुली माथि लागेको छ । ५५ वर्ष भन्दा माथिको उमेर समूहलाई खोप लगाउने भनिएपनि खोप केन्द्रमा युवायुवतीको भिड लागेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!