संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा पुनः कोरोना संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ६६१ जनाको पीसीआर परीक्षण गर्दा ३३८ जना र २ हजार २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, उदयपुरमा ३, पाँचथरमा २, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ६७, पथरीशनिश्चरेमा २४, केराबारीमा २२, बेलबारीमा ११, उर्लाबारीमा ४, सुन्दरहरैंचा र कटहरीमा २–२, रंगेली, बुढीगंगा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको दमकमा ४९, भद्रपुरमा २०, विर्तामोडमा ९, कमल गाउँपालिकामा ६, मेचीनगरमा ३, अर्जुनधारामा २, हल्दिबारी, कचनकवल, कनकाई, बुद्धशान्ति, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ । सुनसरीको धरानमा ७७, इटहरीमा ९, बराहक्षेत्रमा ३, इनरुवा, हरिनगर र कोशी गाउँपालिकामा १–१ जना संक्रमित भएका छन् । इलामको इलाम नगरपालिका, चुलाचुली, रोङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २ र कटारीमा १, पाँचथरको फिदिममा २, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको हलेसी तुवाचुङमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, प्रदेश १ मा आज ३०७ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २४३ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!