- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–५ स्थित पञ्चेमा आइतवार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट भोजपुर जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२९ नम्बरको बस दिउँसो करिब १ बजे सडकमा पल्टिएको हो ।

Advertisement

दुर्घटनामा घाइते भएका यात्रुहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

केही घाइतेको पाख्रीवास स्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बस सडकमै पल्टिएको छ । ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।

धनकुटा बस दुर्घटना अपडेटः २५ घाइतेको धनकुटा, धरान र विराटनगरमा उपचार हुँदै (नामावली र भिडियोसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!